क्यानडामा गर्ने भनीएको एनआरएनएको अमेरिकाज् क्षेत्रीय विज्ञ सम्मेलन स्थगीत

टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रले क्यानडामा यही जुन २१ तारिखमा गर्ने भनीएको अमेरिकाज् क्षेत्रस्तरीय विज्ञ सम्मेलनको पूर्व निर्धारित कार्यक्रम स्थगीत गरेको छ । कोभिड १९ को कारण कार्यक्रम गर्न सम्भव नभएको भन्दै विज्ञ सम्मेलन स्थगीत गरिएको हो ।

एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीका अनुसार कोभिड १९ शूरु नहुँदै तय गरिएको कार्यक्रम वर्तमान असहज परिस्थितिमा गर्न सम्भव नदेखिएकाले स्थगीत गर्ने निर्णय गरिएको हो । अब सम्मेलन कहिले, कहाँ र कसरी गर्ने भन्ने विषयमा आवश्यक छलफल गरि निर्णय लिइने समेत संयोजक त्रिपाठीले जानकारी गराउनुभयो ।

गैर आवासीय नेपाली संघले दोस्रो विज्ञ सम्मेलनको तयारीस्वस्प विभिन्न क्षेत्रस्तरीय विज्ञ सम्मेलन गर्न लागेकोमा कोभिड १९ को कारण सबै क्षेत्रको कार्यक्रम स्थगीत हुने देखिएको छ । साथै विश्व विज्ञ सम्मेलन पनि यसअघि धुलिखेलमा गर्ने तय गरिएकोमा कोभिडको कारण स्थगीत हुने देखिएको छ ।


प्रकाशित | ६ असार २०७७, शनिबार ०९:०२