बुद्ध एयरले भोलीदेखि सातामा तिन दिन काठमाण्डौ-कोलकाता उडान गर्ने

काठमाण्डौ: बुद्ध एयरले भोलीदेखि काठमाण्डौ कोलकाता उडान गर्ने भएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतका अनुसार सोमबारदेखि काठमाण्डौ –कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागिएको हो । आज पत्रकार सम्मेलन आयोजना गर्दै बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाण्डौ कोलकाता उडान गर्न जनाएको छ । हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाण्डौबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकाताबाट काठमाण्डौका लागि जहाज उड्ने छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १६:१५