मध्यपुर थिमी नगरपालिकाका जनप्रतिनिधिको दुई वर्ष पूरा : यस्ता छन् २६ बुँदे कार्यप्रगति

भक्तपुर: मध्यपुर थिमी नगरपालिकाका जनप्रतिनिधिले पद बहाली गरेको दुई वर्ष पूरा भएको छ । नगरपालिकाका जनप्रतिनिधिको दुई वर्ष पूरा भएको अवसरमा नपाले आफनो कार्यप्रगति सार्वजनीक गरेको छ । नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले आफनो दुई वर्ष पूरा भएको अवसरमा दुई वर्षसम्म भएका कार्यप्रगति सार्वजनीक गर्नुभएको छ । एक पत्रकार सम्मेलनको आयोजना गरि दुई वर्षको कार्यप्रगति सार्वजनीक गरिएको हो ।  कार्यक्रममा कार्यकारी अधिकृत महेश बराल, नगरपालिकाका कानूनी अधिकृत केशव सिलवाल, नपाका कर्मचारी र जनप्रतिनिधिको सहभागिता रहेको थियो । नपाका यस्ता छन् २६ बुँदे कार्यप्रगति:-

मध्यपुर थिमि नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
थिमि, भक्तपुर, ३ नं. प्रदेश, नेपाल

२०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट
निर्वाचित जनप्रतिनिधिहरुको पदवहालीको २ वर्ष कार्यकालका मुख्य कार्यहरु :-

. निर्वाचित जनप्रतिनिधिहरुले वि.स. २०७४ साल जेष्ठ ११ गते सपथ ग्रहण गरि सोही दिन नगर प्रमुख, उप—प्रमुख र ९ वटा वडाका अध्यक्ष तथा नगर सभा सदस्यहरुबाट पदवहाली गरी कार्य प्रारम्भ गरिएको आज मिति २०७६ साल जेष्ठ ११ गते शनिवारका दिन दुई वर्षे कार्यकाल पुरा भएको छ । यस अवसरमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित सबैलाई नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट हार्दिक स्वागत गर्दछु ।

. स्थानीय तहको कार्य सम्पादनलाई कानून सम्मत बनाउन नगर कार्यपालिकाको वैठकबाट मध्यपुर थिमि नगरपालिका, नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण (कार्यविधि) नियमावली, २०७४, नगर कार्यपालिका (कार्यविभाजन) नियमावली, २०७४, नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४, नगर कार्यपालिका वैठक सञ्चालन कार्यविधि, २०७४, नगरसभा बैठक सञ्चालन कार्यविधि, २०७४, मध्यपुर थिमि नगरपालिकाको निर्माण व्यवसाय नियमन गर्ने निर्देशिका, २०७४, व्याक–हो लोडर, रोलर, सानो लोडर सञ्चालन सम्वन्धि कार्यविधि, २०७५, वडा कार्यालय सेवा सञ्चालन कार्यविधि, २०७४ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ भने आवश्यक अन्य कानून स्वीकृतिको चरणमा रहेकाछन् ।

. मध्यपुर थिमि नगरपालिकाको प्रथम नगरसभाबाट वार्षिक नीति, बजेट तथा कार्यक्रम, २०७५, आर्थिक ऐन, २०७५ र विनियोजन ऐन, २०७५ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । यस वर्षको नगरसभाबाट पारित नीतिगत ब्यवस्थालाई हेर्दा १४ वटा विषयगत क्षेत्रमा ५४ वटा नीतिगत प्रवन्ध गरिएको छ । स्वीकृत नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि कूल बजेट रु १ अर्ब १८ करोड ( चालु तर्फ २९ करोड ८८ लाख तथा पुंजिगत तर्फ ८८ करोड १२ लाख) विनियोजन भएको छ । प्रत्येक वडाका लागि वडागत बजेट रु १ करोड ५१ लाख रहेको छ ।

. दोश्रो नगर सभाबाट स्वीकृत कूल बजेटमा बैशाख मसान्त सम्मको तथ्यांक हेर्दा ७७.७५ प्रतिशत अर्थात रु ९१ करोड ७४ लाख ४५ हजार आय भएको छ । जसमा आन्तरिक श्रोतको आय रु ११ करोड ७६ लाख ४३ हजार र वाह्य श्रोतको आय रु ७९ करोड ९७ लाख ९८ हजार भएको छ । खर्च तर्फ कूल स्वीकृत बजेटको ३४.४८ प्रतिशत मात्र खर्च भएको छ । जसमा चालु खर्च रु २३ करोड ८१ लाख ३४ हजार (बिनियोजित बजेटको ७९.६ प्रतिशत) पूँजीगत खर्च रु १८ करोड २२ लाख २५ हजार (बिनियोजित बजेटको २०.६७ प्रतिशत) खर्च भएको छ । बिषयगत शाखाहरुको तलब भत्ताले र सामाजिक सुरक्षा भत्ताले गर्दा चालु खर्च बढी देखिएको हो ।

५. चालु आर्थिक वर्षमा सञ्चालन गर्ने अधिकाशं योजना उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने कार्य नीति लिएको छ । भौतिक पूर्वाधार विकासका लागि रु ८८ करोड १२ लाख ३० हजार विनियोजन गरिएको छ । जसबाट वडा तहमा ९० वटा, नगरस्तरीय ठुला पूर्वाधार ५६ वटा गरी कूल जम्मा १४६ योजना स्वीकृत भएका छन् ।

. विगतमा २० प्रतिशत उपभोक्ता समितिको कार्यमा नगद लागत सहभागिता गर्नुपर्ने ब्यवस्थाको सटृामा २० प्रतिशत जनश्रमदान गर्न सक्ने प्रवन्ध मिलाइएको छ । नगरपालिकाबाट सञ्चालन हुने भौतिक पूर्वाधार विकास कार्यका लागि सर्वप्रथम डिजाइन, ड्रइङ्ग, इष्टिमेट गरेपछि मात्र यस्ता कार्यको लागि संझौता गर्ने नीतिगत ब्यवस्था लागू गरिएको छ ।

. नगरपालिकाको ब्यवस्थापकीय सुधार गर्ने क्रममा जनप्रतिनिधि वहाल भएपछि नगरपालिकामा दुई बटा महाशाखा गठन गरि वडा तहमा अधिकृतस्तरको वडा प्रशासकीय प्रमुख रहने गरी वडाको प्रशासनिक संरचना स्वीकृत गरि सो अनुरुप कर्मचारी ब्यवस्थापन गर्ने कार्यरुप दिइयो । सबै वडामा डिजिटल हाजिरी लागू गरिएको छ । राजस्वलाई अनलाइन कम्प्यूटर सफ्टवेयर प्रणालीमा आवद्ध गरिएको छ । सेवाग्राहीको सुविधाका लागि नगरपालिका कार्यालय परिसर भित्रै नपाल वैंक लि.वाट वैंक काउन्टर सञ्चालनमा ल्याइएको छ ।

. दोश्रो नगरसभाले स्वीकृत गरेको १४६ योजना सञ्चालन गर्न उपभोक्ता समितिलाई पहिलो प्राथमिकतामा राखिएको छ । उपभोक्तालाई योजनाको कार्यान्वयन र सञ्चालनमा प्रोत्साहन प्रदान गर्दै प्रभावकारीता कायम गराउन जनप्रतिनिधिहरु स्वयं योजनास्थलमा उपस्थित भई निमार्णाधिन योजनाहरुको अनुगमन र मूल्यांकन गर्ने गराउने गरिएको छ । उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने योजना कार्यान्वयनका लागि अग्रीम पेश्की नदिने नीतिगत ब्यवस्था भएपनि उपभोक्तालाई योजना कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यबाट पेश्की समेत उपलब्ध गराइदै आएको छ । उपभोक्ता मार्फत योजना सम्झौता गरी कार्यान्वयन गर्ने संख्यामा उल्लेख्य बृद्धि भएको छ ।

.  हाम्रो कला, हाम्रो संस्कृति, मध्यपुर थिमि, हाम्रो सम्पत्तिू लाई संस्थागत गर्न नगरपालिका क्षेत्र भित्रको ऐतिहासिक, धार्मिक, साँस्कृतिक जात्रा, पर्व एवम् सम्पदा लगायतका मूर्त तथा अमुर्त संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नगर मध्यपुर थिमि गुरु योजना निर्माण कार्य भईरहेको छ । जसका लागि ३ नं प्रदेश सरकारबाट रु १ करोड प्राप्त भएको छ । चालु आर्थिक वर्षमा समेत बजेटको सीमितता हुँदा हुँदै पनि लायकू भैलः, महाकाली, म्हय्खा प्याखँ, सलचा प्याखँ, नीलवाराही नाच, पुलकिसी, जिव्रो छेड्ने जात्राको निरन्तरता कायम राख्दै, ऐतिहासिक नवदुर्गा नाचको पुनःआगमन, विस्का जात्राको मौलितकता कायम गर्न अबिरको रंगमा एकरुपमा तथा शुभकामना व्यानरहरु नियन्त्रण गरि जात्रा स्थल सफा र सुन्दर बनाउन पहल गरियो र जात्राको व्यापक प्रचारप्रसार गर्न विदेशी कुटनितिज्ञहरुलाई जात्रा अवलोकन गराईयो । परम्परागत धिमे नृत्यलाई संरक्षण गर्दै युवा पिंढीलाई प्रशिक्षित बनाउन डिजिटल धिमे प्याखँ मार्फत प्रशिक्षण कार्यक्रम गरियो ।

१०. नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार क्षेत्रभित्र रहेर यस नगरपालिकाबाट संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापकीय तथा कार्यगत सुधार, नगरपालिका क्षेत्र भित्र विना स्वीकृति निर्माण भएको सरकारी, अर्धसरकारी तथा निजी क्षेत्रका निर्माणाधीन भवन तथा संरचनाहरुमा रोक्का आदेश, सार्वजनिक पर्ति जग्गाहरुको संरक्षण तथा सीमांकन, घर नछुने पेटी नछाड्ने अभियान सहित वाटो सीमांकन गर्दै विस्तार, महत्वपूर्ण सार्वजनिक क्षेत्रमा सि.सि.टिभी क्यामेरा जडान जस्ता कार्यले नगरबासी एवम् नगरका सम्पदाहरुको सुरक्षा दिने कार्य गरेका छौं ।

११. संविधानको प्रावधान बमोजिम न्यायिक समितिले आफ्नो न्यायिक प्रक्रियाको अभ्यास सुरु गरेको छ । न्यायिक समितिको ईजलास निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

१२. नगर क्षेत्रमा विगत लामो समयदेखि ठेक्का लागि काम हुन नसकेका ठूला सडक पूर्वाधार जस्तो पेप्सीकोला देखि खसाङ्गखुसुङ्ग खोला हुँदै सल्लाघारी सम्मको सडक, मूलपानी देखि न.पा. भवनसम्मको सडकको विवाद समाधान गर्दै कार्यान्वयन प्रक्रिया सहजीकरण गरिएको छ भने सुन्दरनगर चोक देखि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल हुदै सिद्धिकाली चोक सम्मको मूल सडक र पाटी बिहार देखि बप्पा महादेव चोक सम्मको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । बाहाखा बजार देखि मूलपानी पुलसम्मको मूल बाटो कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।

१३. खानेपानीको सुदिृढीकरणका लागि ट्रंक लाइनको बिस्तार बोडे देखि गुंगचिवा सम्म जोडिएको, बाहाखाबजार देखि सानोठिमी, गठ्ठाघर, कौशलटार सम्म विस्तार गरिएको छ ।

१४. नगर विकासको आफ्नै भिजन, मिसन र स्पष्ट उद्देश्यसाथ नगर क्षेत्रलाई विकसित, सुरक्षित, प्रतिष्ठित, एक सुन्दर र जीवन्त शहरका रुपमा रुपान्तरण गर्न कमेरोटार, सिन्टीटार, दिव्यश्वरी र मनोहरा जग्गा एकीकरण आयोजना नगरपालिकाबाट सञ्चालन ब्यवस्थापनका लागि हस्तान्तरण गरी लिने कार्य अगाडि बढीरहेको सन्दर्भमा कमेरोटार जग्गा एकीकरण आयोजना न.पा.ले संचालन गरिसकेको छ । २२ करोडको टेण्डर भई कार्य भइरहेको तथा ८७ करोडको टेण्डर प्रक्रिया अगाडि बढेको छ । साथै काँलाडोल र बुढाथोकी गाँउ एकीकृत जग्गा विकास कार्यक्रमका लागि संभाव्यता अध्ययन, निलवाराही गुरुयोजना, नगर क्षेत्र प्रवेशद्वार, नगरपालिकाको डिजिटल वेस म्याप जस्ता रणनैतिक कार्यको थालनी गरिएको छ । आगामी आर्थिक वर्षमा यी सवै पक्षलाई एकीकृत गरी नगर क्षेत्रको सम्पूर्ण भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक तथ्यांकलाई आम नागरिकका बीचमा पहुँच स्थापना गर्न नगर प्रोफाइललाई सूचना प्रविधिसँग आवद्ध गर्ने कार्य अगाडि वढाइएकोछ ।

१५. नगरपालिकाको आन्तरिक आय श्रोतलाई संस्थागत गर्न २०७५ साल श्रावण १ गते देखि सम्पत्ति करलाई वडा तहबाटै संकलन गरी ब्यवस्थापन गर्ने कार्यगत ब्यवस्था मिलाइएको छ । नगरवासीले कर चुक्ता गर्ने सम्वन्धमा आगामी आर्थिक वर्षमा घर दैलोसम्मको पहुँच कार्यक्रम सञ्चालन गरिनेछ ।

१६. भूकम्पबाट क्षतिगस्त निजी आवास पुनःनिर्माणका लागि पहिचान भएका लाभग्राहीहरु २३३३ मध्ये ८८ प्रतिशत २०५३ लाभग्राहीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको छ । सम्झौता भएका मध्ये ९८ प्रतिशत जम्मा २०११ लाभग्राहीहरुले प्रथम किस्ता रकम नगर क्षेत्रका ६ वटा वैंक मार्फत प्राप्त गरेका छन् । दोश्रो किस्ताका लागि निवेदन प्राप्त ७५७ मध्ये सिफारिश ७१५ मा दोश्रो किस्ता पाउने ६७३ लाभग्राही रहेका छन् । तेश्रो किस्ताको लागि निवेदन दिने ७३१ मध्ये सिफारिस गरिएका ६८० मा तेश्रो किस्ता प्राप्त गर्ने ६१० लाभग्राही रहेका छन ।

१७.. नगरपालिका भवनको नक्सा डिजाइनको प्रक्रिया अगाडि बढेको छ । ७ नं वडा कार्यालय भवनको निर्माण कार्य भईरहेको छ । वडा नं. ३ र ९ को लागि वडा भवनको नक्सा तयार भई निर्माणका लागि बोलपत्र आब्हान भई अन्तिम चरणमा रहेको छ, वडा नं. १ र ६ को डिजाइन तयार हुनुका साथै ७ नं वडा अन्तर्गत नगदेशमा कलात्मक प्रवेशद्धार निर्माण भईरहेको छ ।

१८. सामाजिक सुरक्षा भत्ता वैंकिङ्क प्रणाली मार्फत वितरणको व्यवस्था मिलाइएको छ । नगर क्षेत्रमा नगरवासीहरुलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन नगर क्षेत्रका सबै स्वास्थ्य संस्था नगरपालिकामा हस्तान्तरण भएको छ । जनस्वास्थ्य तथा आयुर्वेद स्वास्थ्यका लागि आवश्यक पर्ने श्रोत साधन व्यवस्था गरि चालु आर्थिक वर्षका लागि पर्याप्त औषधि खरीद गरिएको छ । सबै स्वास्थ्य संस्थाको संचालक समितिमा सम्वन्धित वडाको वडा अध्यक्ष रहने गरी पुनःसंरचना गर्दै स्वास्थ्य संस्था विहान १० बजे देखि ५ बजेसम्म सेवा उपलब्ध गराउने ब्यवस्था मिलाई सो अनुरुप कार्य भईरहेकोे छ । नगरपालिकाको दायित्व भित्र परेका जिल्ला स्तरका विषयगत शाखा शिक्षा, स्वास्थ्य, पशु, कृषि तथा सहकारीमा रहेको जिन्सी सामान हस्तान्तरण गरी लिइएको छ ।

१९. शिक्षा क्षेत्रमा नवीन सोँच सहित नगर शिक्षामा आम सर्वसाधारण सबैको सहज पहुँच स्थापित हुने गरी शिक्षा ऐन ,नियमावलीको मस्यौदा तयार गरिएको छ । नगर क्षेत्रभित्र शिक्षा प्रणालीमा गुणस्तरीय सुधार गर्दै नतिजामूलक बनाउन नगर कार्यपालिकाबाट विशेष कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याउने तयारी भई रहेको छ । सामुदायिक र संस्थागत विद्यालय बीच सहकार्य गराउने, पिछडिएका समुदायका वालवालिकालाई लक्षित गरी ५ प्रतिशत छात्रवृत्ति नगरपालिकाबाट प्रदान गर्न परीक्षा सम्पन्न भएको छ, संस्थागत विद्यालयको आर्थिक सहयोगमा नगर शिक्षा अधिकृत मार्फत अनुगमन तथा मूल्यांकन गर्ने संस्थागत प्रवन्ध मिलाउने कार्य अगाडि बढाइएको छ । साथै यसै वर्षबाट स्थानीय पाठ्यक्रम तर्जुमा गरि लागु गरिएको छ ।

२०. नगर क्षेत्रमा निर्माण हुने भौतिक पूर्वाधार निर्माणको नक्सा पास प्रक्रियालाई सहज, ब्यवस्थित, पारदर्शी र बैज्ञानिक बनाउन भ्द्यएक् ९भ्भिअतचयलष्अ द्यगष्मिष्लन एभचmष्त क्थकतझ० लागुहुने प्रक्रियामा छ । २०७५ श्रावण देखि २०७६ बैशाख मसान्तसम्म नक्सा दर्ता ६९० भएकोमा डिपिसीसम्मको ४५८ र डिपिसी माथि ७०७ वटा स्वीकृत भएकोछ । निर्माण सम्पन्न र नामसारी लागि नयाँ दर्ता ११३८ भएकोमा ९१२ स्वीकृत भएको छ ।

२१. फोहोरलाई श्रोतमै वर्गीकरण गराउने र कुहिने प्रकृतिको फोहोरवाट जापानिज प्रविधिमा आधारित जैविक प्राङ्गारिक मल उत्पादन गर्न वडा नं. ४ वाट नमूना परीक्षण कार्य सम्पन्न भएको छ । सो प्रविधि वडा नं. ५ र ६ मा विस्तार हुने क्रममा रहेको छ । प्रदेश सरकारबाट प्राप्त भएको रु ५० लाख शसर्त अनुदान रकम जापानिज प्रविधिमा आधारित जैविक प्राङ्गारिक मल उत्पादनको लागि पूर्वाधार विकासमा लगानी गरिएकोछ । कृषि प्रणालीमा आधारित नगरवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन उत्पादित जापानिज प्रविधिको जैविक प्राङ्गारिक मलमा अनुदान दिन कार्यगत व्यवस्था मिलाईएको छ । सार्वजनिक निजी क्षेत्र परिचालनको माध्यमवाट फोहर संकलन तथा व्यवस्थापन कार्य वडा तहमा विनियोजित बजेटको अतिरिक्त नगरस्तरीय बजेटवाट थप रु १ करोड बजेट विनियोजित गरेको छ । यस प्रविधिबाट अर्गानिक मल उत्पादन गर्दा प्रत्येक वडामा रोजगारी पाउने छन्, भने नगर क्षेत्रमा अर्गानिक कृषि उत्पादन पद्धतिलाई संस्थागत गर्दै फोहोरलाई मोहोर बनाउन सक्ने प्रचुर संभावना छ र निलबाराही क्षेत्रमा ईको पार्क निर्माण तयारी भईरहेको छ ।

२२. शंखघर चोक गुरुयोजना अन्तर्गत बालकुमारी तर्फको ठाडो उक्कालो पुनः निर्माण गर्दै चौडा पार्ने कार्य सम्पन्न भएको छ । भने सोही उकालोको पश्चिम तर्फ पुरातात्विक ढुङ्घे धारा निर्माण र विष्णु कुण्डल परिसर भित्र रहेको ऐतिहासिक पोखरीको उत्खनन् गर्दै पुनः निर्माण कार्य सम्पन्न भएको छ । दुई पोखरी , भुलांखेल पोखरी पुनः निर्माण गरिएको छ । नगर यातायात गुरुयोजना तयारीको अन्तिम चरणमा रहेको र शंखघर चोक देखि हनुमन्ते खोलासम्मको सडक चौडा पार्ने कार्य सम्पन्नताको क्रममा रहेकोछ ।

२३. नगर सभाबाट स्वीकृत योजना कार्यान्वयन गर्दा गुणस्तरीय र पूर्णता दिने उद्धेश्यले स्वीकृत योजनाको लागत अनुमान तथा लगत इस्टीमेट, ड्रइङ्ग, डिजाइन स्वीकृत गरी कार्यान्वयन गरिएको छ । यस्तो गर्दा कतिपय योजनामा वजेट थप गर्नुपर्ने र कतिपय योजनामा विनियोजन बजेटभन्दा पनि कम लागत लागेको छ । वडास्तरीय बजेटमा थप गर्दा वडाको कूल बजेट सिलिग र नगरस्तरीय बजेटमा नगरको कूल पूँजीगत बजेटको सिलिङ्ग ननाघ्ने कार्यगत ब्यवस्था मिलाइएको छ ।

२४. यस नगरपालिकाको जापानको टोवा शहर र बेलायतको स्विङडन शहरसँग भगेनी सम्वन्ध स्थापना भएको छ ।

२५. यस नगरपालिका क्षेत्र भित्रका मूर्त अमूर्त सम्पदाहरुको संरक्षण कार्य भईरहेकोछ ।

२६. खेलकूद प्रतियोगिताहरु
प्रथम मेयर कप राष्ट्रिय रेटिङ्ग बुद्धिचाल प्रतियोगिता ।
मध्यपुर थिमि ब्यापी अन्तर वडा फुटशल प्रतियोगिता ।
मध्यपुर थिमि व्यापी रियाले कप ग्रासरुट फुटबल प्रतियोगिता ।
प्रथम मेयर कप जिल्ला व्यापी विद्यालय स्तरीय जिमन्यास्टिक प्रतियोगिता ।
मिस्टर मध्यपुर प्रथम मेयर कप शारीरिक सुगठन प्रतियोगिता ।
प्रथम अन्तरराष्ट्रिय क्ष्प्प्ँ कराते मेयर कप प्रतियोगिता ।
मध्यपुर थिमि नगरपालिका कप विद्यालय स्तरीय फुटबल प्रतियोगिता ।

अन्त्यमा, जनप्रतिनिधिहरुले पदबहाली गरेको दुई वर्ष अवधिमा जनप्रतिनिधिहरुको कार्य सम्पादनमा सक्रिय सहयोग र समन्वय गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत, महाशाखा प्रमुखहरु, शाखा प्रमुखहरु वडा प्रशासकीय प्रमुखहरु लगायत सम्पूर्ण अधिकृत तथा कर्मचारीहरुप्रति आभार ब्यक्त गर्दै धन्यवाद दिन चाहन्छौं । दुई वर्ष अवधिमा नगरपालिका तथा वडा समितिबाट सम्पादन भएका कार्यहरुको वारेमा रचनात्मक राय सुझाव दिनुहुने राजनैतिक दलका नेतागण, नागरिक समाजका अगुवा, पत्रकारहरु, बुद्धिजीवि तथा आम नागरिकहरु प्रति कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझ वढि रचनात्मक राय सुझावको अपेक्षा गर्दछौं । हामी अहिले चालु आर्थिक वर्षको अन्तिम चरणमा छौं भने आगामी आ.व.को नीति तथा कार्यक्रम एवं बजेट तर्जुमाकोे चरणमा पनि छौं । आगामी आर्थिक वर्षको लागि नगर क्षेत्रमा कार्यान्वयन गरिने योजना तथा कार्यक्रमलाई अझ वढि नतिजामूलक र ब्यवस्थित बनाउन आम नगरवासीमा सक्रिय सहयोग तथा राय सुझावका लागि हार्दिक अपिल गर्दछौं । सम्पन्न भइसकेको २ वर्षे अवधिमा केही कमी कमजोरी रहेकोमा सुधार गरिने छ र जनभावनालाई कदर गर्दै आगामी दिनमा नीति तथा योजना निर्माण गरिनेछ । मध्यपुर थिमि नगरलाई विकास र समृद्ध बनाउन प्रतिवद्ध छौं र आजको यस पत्रकार सम्मेलन उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरु सहित पत्रकार महोदयहरुमा हार्दिक आभार ब्यक्त गर्दछौं ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १७:४९