जापानमा एनआरएनले गर्यो खेलकुद परिषदका उपाध्यक्ष तिमिल्सिनालाई सम्मान

टोकियो : राष्ट्रीय खेलकुद परिषदका उपाध्यक्ष श्री पिताम्बर तिमिल्सिना र नेपाल बेसवल एण्ड सफ्टवल यसोसियसनका महासचिव दिपक न्यौपानेलाई स्वागत तथा सम्मान गरिएको छ । एनआरएनए जापानका अध्यक्ष टासि नाङदी लामा सहित महासचिव बुद्धि राज घिमिरे, कोषाध्यक्ष कालिका थापा, सदस्यद्वय आशिष रावल र सचिन श्रेष्ठ लगायतले विशेष सम्मान सहित आफ्नै कार्यलयमा स्वागत गर्नुभयो।  कार्यक्रममा सुरेश गिरी, शिवहरी पौडेल लगायतको उपस्थिती रहेको थियो।एनआरएनएले रासपको गतिबिधि र कार्यहरु को बारेमा जानकारी गरायो भने खेलकुद क्षेत्रमा खेलकुद परिषदका उपाध्यक्ष ले बिशेस योजना सहित योजना र गरिएका कामको चर्चा गर्नुभयो।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार २१:३५