मध्यपुर थिमीमा जेठ १३ र १४ गते आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते हुने

भक्तपुर : भक्तपुरको मध्यपुर थिमीस्थित दुई पोखरीमा नेपालमा पहिलो संस्करणको मेयर कप आई.के.के.एफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । भक्तपुरको दुई पोखरी थिमीमा आयोजना हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका खेलाडीको सहभागिता रहनेछ । नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराँते संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । प्रतियोगिता जेठ १३ र १४ गते हुने छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बसोबास,खाना तथा खाजा खर्च आयोजकले व्यहोर्ने आई.के.के.एफको नेपाल प्रमुख तथा प्रतियोगिता संयोजक राम श्रेष्ठ (बोस) ले जानकारी गराउनुभयो । प्रतियोगितामा नेपाल र विदेशका गरि २ सय बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको पुरुषतर्फ ३५,४०,५०,६० केजी मुनि र ६० केजी माथि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४५ केजी मुनी र ४५ केजीमाथि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेतालाई पदक, शिल्ड, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ ।

 सातै प्रदेश लगाएत बिभिन्न देशका अन्तराट्रिय खेलाडी सहभागि रहने पत्रकार सम्मेलनमा आइ के.के. एफ नेपालका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राम बोस श्रेष्ठले जानकारी गराउनुभयो  । सम्मेलनमा प्रमुख अतिथिका रुपमा रहेका थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले नपाले खेल क्षेत्रको बिकासका लागि सक्दो सहयोग गर्ने बताउँदै हुन गइरहेको प्रतियोगिताको सफलताका बारे शुभकामना ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, यसरी खेलकुदको आयोजना गरिँदा यस क्षेत्रको कला साहित्य र संस्कृतिको समेत प्रर्वदनमा सहयोगि भूमिका रहने छ ।

आइ के.के. एफ नेपालका महासचिव सिहान प्रेमनाथ श्रेष्ठले कार्यक्रम तयारी भब्य रुपमा भइरहेको जानकारी गराउनुभयो । महासचिव श्रेष्ठले प्रतियोगिताका लागि झन्डै २७ लाख खर्च लाग्ने अनुमान गरिएको र प्रतियोगितका लागि थिमि नगरपालिकाले ७ लाख उपलब्ध गराएता पनि अन्य आर्थिक स्रोतका लागि बिभिन्न निकायको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।


प्रकाशित | १० जेष्ठ २०७६, शुक्रबार २०:०४