नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

काठमाडौँ: नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा हस्ताक्षर गर्नुभयो । सहमती पत्रमा दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने उल्लेख गरिएको छ । समझादरी पत्रमा वैकल्पिक उर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख गरिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १३:४६