एनआरएनए हङकङद्धारा नेपाल पत्रकार महासंघलाई दुई लाख सहयोग हस्तान्तरण

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपाल पत्रकार महासंघको ई लाइब्रेरि निर्माणको लागि दुई लाख हसयोग गरेको छ । एनआरएनएको नवौ विश्व सम्मेलनको अवसर पारेर नेपाल पत्रकार महासंघलाई सो सहयोग हस्तान्तरण गरिएको छ ।  एनआरएनए हङ्गकङ्ग अध्यक्ष राधीका गुरुङ्ग (टिका) को पहलमा आयोजीत एक पत्रकार सम्मेलनमार्फत सो सहयोग हस्तान्तरण गरिएको हो ।

गत डिसेम्बर ८ र ९ २०१८ मा हङकङमा भएको एसिया प्यासिफिक क्षेत्रिय बैठकबाट बचेको दुई लाख रकम नेपाल पत्रकार महासङलाई ई लाईबेरि निर्माणको लागी सहयोग हस्तान्तरण गरिएको हो ।

एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, उपसंयोजक पारसमणी पोखरेल, विनोद कुँवर, एनआरएनए प्रवत्ता भूषण घिमिरे, एसिया प्याशिफिक संयोजकका उम्मेदवारहरु ओम गुरुङ, गोविन्द्र श्रेष्ठ(रोविन्द ), पूर्व डिआरसी गंगा राई, एनआरएनए मकाउ निवर्तमान अध्यक्ष शान्तिदेवी अधिकारी, जापानका निवर्तमान अध्यक्ष टासी वान्दी लामा, मकाउका वर्तमान अध्यक्ष पूर्ण गुरुङ्ग,  हङ्गकङ्ग, मकाउ, चिन र जापानलगायतका एनसिसी प्रतिनिधिको सहभागितामा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई सो सहयोग हस्तान्तरण गरिएको हो ।

हङकङ अध्यक्ष राधीका गुरुङ्गका अनुसार सम्मेलनबाट बचेको रकम नेपाल पत्रकार महासंघलाई ई लाइब्रेरि निर्माणमा गर्न सहयोग पुग्ने हिसावले सहयोग गरिएको हो ।   एनआरएनए हङ्गकङ्गमा दोस्रो कार्यकालको लागि समेत अध्यक्ष निर्वाचीत हुनुभएको गुरुङ्ग नेतृत्व एसियाका अन्य एनसिसीभन्दा निकै सक्रिय छ ।


प्रकाशित | ३० आश्विन २०७६, बिहीबार १४:२७