संसदमा महेश बस्नेतको ब्यग्य: कांग्रेसको छाया सरकार २०–३० वर्ष चलोस्, शुभकामना !

काठमाडौँ : प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कांग्रेसले गठन गरेको छाया सरकारको कार्यकाल २० देखि ३० बनोस भन्दै शुभकामना दिनुभएको छ । प्रतिपक्षी विपक्षी दल नेपाली कांग्रेसले बनाएको छाँयाप्रति ब्यग्य गर्दै सांसद बस्नेतले छाया सरकार आयू ३० वष सम्म हुनुपर्ने बताउनुभयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सत्ता स्वादबाहिर बस्ने नसक्ने कांग्रेसले छाया सरकार गठन गरेको भन्ने कुरा सुन्दा आश्चर्य लागेको बताउनुभयो ।

उहाँले कांग्रेसले सरकारसँग सम्बाद र सहकार्य गर्नका लागि नै छाया सरकार गठन गरेको होला भन्ने आफूलाई लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संवाद र सहकार्यको लागि गठन गरेको होला । संवाद र सहकार्य अगाडि बढाओस् । रचनात्मक प्रतिपक्ष भूमिका र आलोचनात्मक समर्थन गरेर अगाडि बढोस्, ४८ सदस्यीय मन्त्रिमण्डल गठन भएको रहेछ । कार्यकाल २०(३० वर्ष रहोस्, शुभकामना ।’


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार १४:२०