अमेरिकाले नेपाललाई १५ लाख डोज भ्याक्सिन पठाउँदै

न्यूयोर्क । अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाबिरुद्धको भ्याक्सिन पठाउने भएको छ । ह्वाइट हाउसका अनुसार अमेरिकाले नेपालका लागि १५ लाख डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन पठाउन लागेको हो ।

भ्याक्सिनले सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी भूमिका खेल्दछ । साथै अन्य भ्याक्सिनको तुलनामा यसको साइड इफेक्ट पनि कम रहेको बताइएको छ ।

हालसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको भेरोसेल नामक खोप मात्रै लगाइएको छ । यी दुबै खोज दुईदुई डोज लगाउनुपर्छ ।

अमेरिकाले एसियाका विभिन्न देशलाई दिने २३ मिलियन डोज भ्याक्सिनमा नेपाललाई पनि भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । अमेरिकाले जुनको पहिलोसाता झण्डै ७ मिलियन डोज एसियाका देशलाई प्रदान गर्ने र जुनको तेश्रो साता १६ मिलियन डोज प्रदान गर्ने घोषणा गरेकोमा दुबै घोषणामा नेपाललाई समावेश गरेको थियो । नेपाललाई अमेरिकाले उपलब्ध गराउने भ्याक्सिन कोभ्याक्समार्फत हो ।


प्रकाशित | २५ असार २०७८, शुक्रबार २२:३३