लमजुङको बेंसीसहर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं : लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको बेंसीसहर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ भने बुधबार बिहानीपख ३ बजेर २८ मिनेट जाँदा ३.९ म्याग्नेच्युडको भूकम्प गएको छ। दुइवटै भूकम्पको केन्द्रबिन्दु लमजुङको बेंसीसहर नगरपालिका-३ गाउँसहर दरबारमुनीको क्षेत्र रहेको रहेको केन्द्रले जनाएको छ ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ११:११