बेइजिङ् : चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबका कुनै पनि संक्रमित भेटिएनन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।
“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो २४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।
प्रकाशित | ४ श्रावण २०७७, आईतवार १५:१५