पाँचथर सामूहिक हत्याकाण्ड : ९ जनाकै शव पोष्टमार्टमका लागि धरान ल्याइयो

धरान : पाँचथरको आरुबोटेमा हत्या गरिएका सबैको शव पोष्टमार्टमको लागि धरान ल्याइएको छ । हत्या भएका ९ जनाको शव मंगलबार राति विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो । घाइते बालिकाको भने लाइफलाईन अस्पताल झापामा उपचार भइरहेको छ । घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान गरिरहेको छ ।

सोमबार राति ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको थियो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ०९:२३