पाँचथर सामूहिक हत्याकाण्ड प्रकरणले उब्जाएका सातथरी प्रश्न

काठमाडौं:  देशभर हत्या हिंसाका घटना बढेका छन् । पाँचथर भएको हत्याको घटनाले विभिन्न सातथरी प्रश्न उब्जाएको छ । समाज क्रूर बन्दै गएको छ भने आफन्तभित्रै हत्याको क्रम पनि बढेको छ । सात महिनामा श्रीमती हत्याका ६७ घटना भएको नयाँ पत्रिकामा खबर छ । पत्रिकाले पाँचथर घटनामा उब्जिएका सात कारण निम्न रहेको उल्लेख गरेको छ ।

१. नौजनाको हत्या गरेर मानबहादुर कसरी २५ किमि टाढा पुगे र आत्महत्या गरे ?

२. सिलाइ–कटाइ तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो ?

. खानामा सिसा, सामूहिक हत्याको प्रयास, तर प्रहरीले किन अनुसन्धान गरेन ?

. मात्र एकजनाले खुकुरीले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् ?

. हत्यारा ठानिएका मानबहादुरको पनि ‘आत्महत्या’ तर तीनवटा टिसर्टमा रगत

६. हत्यामा संलग्न भनिएका मानबहादुरको झोला र शव दुई किमि टाढा

७. खुकुरीले हानेर नौजनाको हत्या गर्ने मानबहादुरको शरीरमा रगतको निसान छैन


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ०८:४२