कागेश्वरी-मनोहरा नगरपालिकामा एमालेको तर्फबाट प्रमुखमा ढुंगाना र उपप्रमुखमा थापाको उम्मेदवारी

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकामा एमालेको तर्फबाट प्रमुखमा रामशरण ढुंगाना र उपप्रमुखमा शान्ता थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ । कागेश्वरी मनोहरामा निकै लोकप्रिय ढुंगाना र थापाले निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दता गर्नु भएको हो ।

त्यस्तै, एमालेको तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ को वडाध्यक्षमा मुकुन्द प्रसाद गजुरेल, वडा नं. २ को वडाध्यक्षमा शिवराम बस्नेत, वडा नं. ३ वडाध्यक्षमा राममणी पुडासैनी, वडा नं. ४ को वडाध्यक्षमा विजय श्रेष्ठ, वडा नं. ५ को वडाध्यक्षमा लेखनाथ पुडासैनी, वडा नं. ६ को वडाध्यक्षमा उमेश अधिकार, वडा नं. ७ को वडाध्यक्षमा जीवन थापा, वडा नं. ८ को वडाध्यक्षमा सुरेश चापागाई र वडा नं. ९ को वडाध्यक्षमा रामहरी गोतामेले उम्मेदवारी दिनु भएको छ । 

This image has an empty alt attribute; its file name is 1-8-1024x683.jpg

प्रकाशित | १३ बैशाख २०७९, मंगलवार १२:५१