विश्वकपको उपाधि उचाल्न भारत आतुर

एजेन्सी :  दुई पटकको विश्व विजेता भारत १२ औं संस्करणको विश्वकपको उपाधि उचाल्न आतुर छ । सन् १९८३ मा कपिल देवको कप्तानीमा पहिलो पटक विश्वकप जितेको भारतले सन् २०११ मा आफ्नै भुमिमा दोस्रो पटक विश्व च्याम्पियन भयो । भारतलाई पहिलो विश्वकप जिताउदाँ कपिल मात्र २४ बर्षका थिए । विश्वकप विजेता टोलीका कप्तान मध्ये उनी सबैभन्दा कम उमेरका कप्तान हुन् ।

दोस्रो पटक भारत विश्व विजेता बन्दा कप्तान बिराट कोहली खेलाडीका रुपमा रहेका थिए । लिजेण्ड सचिन तेन्दुलकरको अन्तिम एक दिवसीय खेलमा तत्कालिन कप्तान महेन्द्र सिंह धोनीको छक्का प्रहार गर्दै भारतलाई उपाधि जिताएका थिए । अन्तिम खेलमा सुखद बिदाई पाएका सचिनसंगै युवा खेलाडी बिराट समेत निकै खुसी थिए । उनले सचिनलाई काँधमा बोकेर खुसी मनाएका थिए ।

समय चक्रले सो जिम्मेवारी कोहलीको काँधमा हालिदिएको छ । विश्वभरका भारतीय समर्थकको आशा बनेका कोहलीले पहिलो पटक विश्वकपमा भारतीय टिमको कप्तानी गर्नेछन् । कोहली एक महान खेलाडी बन्ने लक्ष्यमा छन् भन्नेमा कुनै दुबिधा छैन । तर उनको कप्तानीमा भने बेला मौकामा प्रश्न उठ्ने गर्छ । पुर्व कप्तान धोनी टिममा रहेका कारण कोहलीले सहज महशुश गरेको देखिन्छ ।

एक दिवसीय बरियताको शीर्ष स्थानमा रहेका कोहलीले विश्वकप जिताउनेमा विश्वभरका भारतीय समर्थक आशावादी छन् । भारत आईसीसीको एक दिवसीय बरियतामा दोस्रो स्थानमा छ । भारतले घोषणा गरेको विश्वकप टोली सन्तुलित देखिन्छ । खेलाडीको प्रर्दशन गर्दा कम्तिमा टोली सेमिफाईनल सम्म पुग्ने देखिन्छ ।

टोलीमा नजर लगाउँदा आईपीएलका सफल कप्तान रोहित शर्मा, के एल राहुल वा शिखर धावनले ओपनिङको जिम्मेवारी सम्हाल्ने छन् । तेश्रो ब्याट्सम्यानका रुपमा कप्तान कोहली आफै आउने हुँदा सुरुवात उत्कृष्ट हुनेमा भारत आशावादी छ ।

मध्यक्रममा अनुभबी खेलाडी धोनी, रबिन्द्र जडेजा, हार्दिक पाण्ड्ेया, विजय शंकरको उपस्थितीले भारत अडिलो देखिन्छ । एक दिवसीय क्रिकेटका उत्कृष्ट बलर जसप्रित बुम्राहाको फास्ट बलिङ र युजभेन्द्र चाहाल र कुलदीप यादवको मुख्य बलरको भुमिका निर्वाह गर्नेछन् । उनीहरुलाई अनुभबी बलर महोमद सामी, भुवनेश्वर कुमार, रबिन्द्र जडेजाले सहयोग गर्ने छन् ।

भारतको विश्वकप टिम : 

बिराट कोहली (कप्तान), रोहित शर्मा, जसप्रित बुम्राहा, के एल राहुल, शिखर धावन, महेन्द्र सिंह धोनी, रबिन्द्र जडेजा, हार्दिक पाण्डे्या, विजय शकर, केदार जादब, युजभेन्द्र चाहाल, कुलदीप यादब, महोमद सामी, भुवनेश्वर कुमार र दिनेश कार्तिक ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार २१:४५