एनआरएनए आइसिसी सदस्यमा अमृत सापकोटाको उम्मेदवारी

टेक्सस । गैर आसीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा अमृत सापकोटाले आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको छ । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आउनुभएको सापकोटा सामाजीक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

एनआरएनएमा संस्थागत सुधार र परिवर्तन गर्नुपर्छ भन्ने भावना राख्नुहुने सापकोटा संस्थालाई सबैले अपनत्व गर्ने गरि साझा संस्थाको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ ।

संस्थामा संस्थागत ढाँचा नबुझेका मान्छेहरुको जमात बढ्न थालेको र त्यसले संघका उद्देश्यहरुमा अवरोध भइरहेको बताउँदै आइसिसी सदस्यका उम्मेदवार सापकोटाले संस्थालाई सही ट्रयांकमा ल्याउनका लागि आवश्यक रहेकोमा जोड दिनुभयो ।

आर्थिक अवस्था राम्रो भएपछि सामाजीक प्रतिष्ठाको लागि एनआरएनएको जाने प्रवृत्ति बढेको बताउँदै उहाँले एनआरएनमा राजनीतिकरण सह्य नहुने बताउनुभयो । एनआरएनए जस्तो प्रवित्र संस्थाभित्र राजनीतिक पार्टीको आडमा चुनाव लड्नु र जित्छु भन्ने सोच राख्नु गलत भएको बताउनुभयो ।

उहाँले पार्टीको नाममा लविङ गर्दै हिड्ने र चुनाव लड्ने गलत प्रवृत्तिको विरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभयो । आफू सधै गुटबन्दी र राजनीतिकरणको विरोधमा रहेको बताउँदै राजनीतिक आस्थालाई एक ठाउँमा छाडेर संस्थाभित्र छिर्नुपर्ने बताउनुभयो ।

त्यस्तै, यहाँले एनआरएनले नयाँ पुस्तालाई नेपालसँग जोड्ने माध्यमको रुपमा भूमीका खेल्नुपर्ने पनि बताउनुभयो । साथै नेपालमा लगानी गर्दै मुुलुकको आर्थिक सम्मृद्धिको लागि टेवा पुर्याउन पनि लागिपर्ने बताउनुभयो ।

संस्थालाई निकै हाउगुजीको रुपमा लिनु नहुने र यसलाई निस्वार्थ सामाजीक संस्थाको रुपमा लिनुपर्ने आफनो विचार रहेको पनि बताउनुभयो । संस्थाको माध्यमबाट मुलुकको लागि केहि गर्न सकियोस र विदेशमा बस्ने नेपालीलाई दुख पर्दा सहयोगी बनोस भन्ने उद्देश्यले अगाडि बढनुपर्ने बताउनुभयो ।

संस्थालाई सबैले गर्व गर्न लायक बनाउनुपर्ने बताउँदै त्यसको लागि संस्थाभित्र देखिएका विकृति, विसंगति र गलत प्रवृत्तिको खुलेर आलोचना हुनुपर्ने बताउनुभयो । संस्थामा मौलाउँदै गएका केहि गलत प्रवृत्तिले सस्थाको साख गिर्दै गएकोप्रति पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ ।

सापकोटा एनआरएन एउटा गैर नाफामूलक र गैरराजनीतिक संस्था भएकाले चुनावमा हुने हार र जितको नाममा नेपाली समुदायबीचको सामाजीक एकतामा असर पुग्न नहुने पनि बताउनुहुन्छ । ‘नेपाली समुदाय बीचमा भाईचार, आपसी सद्भाव कायम गर्नुपर्छ, चुनावको विषयलाई लिएर सामाजीक सद्भाव बिग्राने कार्य गर्नु हुँदैन भन्ने मेरो विचार हो, म त्यसको सदैव विरोधमा हुनेछ, मेरो एजेन्डा नै त्यही हुनेछ’, उम्मेदवार सापकोटाले भन्नुभयो ।

सन् २०१५ देखी संस्थामा आबद्ध रहँदै आउनुभएको सापकोटा त्यसअघि अन्य स्थानीय नेपाली संघसंस्थामा सक्रिय हुनुहुन्थ्यो । नेपालीलाई कुनै विपत्तिमा होस वा अप्ठ्यारो पर्दा सहयोग गर्दै आउनुभएको सापकोटा सामाजीक अभियन्ताको रुपमा समेत चिनीनुहुन्छ । उहाँ सन् २०१९ मा वरिष्ठ उपाध्यक्षको उम्मेदवार समेत हुनुहुन्थ्यो ।


प्रकाशित | १९ बैशाख २०७८, आईतवार २०:२७