दोलखाको भीम उच्च मावि सरकारको ‘हरित विद्यालय कार्यक्रम’ मा छनौट

दोलखा: जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा चिनीएको दोलखा बजारमा अवस्थित भीम उच्च मावि वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको विद्यालय केन्द्रित वातावरणीय कार्यक्रमअन्र्तगतको ‘हरित विद्यालय कार्यक्रम’ मा छनौट भएको छ । भीम उच्च माविले विशेष गरि हरित विद्यालय कार्यक्रम तथा यसका अन्य मापदण्डहरू पूरा गरिएको प्रस्ताव स्वीकृत भएपछि एक लाख रुपैयाँसहित छनौट हुन सफल भएको विद्यालयका प्रधानध्यापक सुन्दर खडकाले जानकारी गराउनभयो ।

विद्यालयले वातावरणीय पक्षलाई ध्यान दिर्दै हरेक विद्यार्थी तथा शिक्षकको जन्म दिदनको अवसरमा विद्यालयमा अनीवार्य गमला तथा फूल रोप्ने गरिएको छ सो कारणले विद्यालय क्षेत्र निकै सुन्दर देखिन्छ ।

त्यस्तै, विद्यालयले उक्त हरित विद्यालय कार्यक्रममा छनौट भएकोमा सहयोगी सबैमा धन्यवाद ज्ञापन गरेको छ । विद्यालयले भनेको छ, ‘शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शङ्करबाबु श्रेष्ठ, प्रदेश नं. ३ का सांसद पशुपति चौलागाईंप्रति हार्दिक आभार तथा विद्यालयको वातावरणीय पक्षलाई रेखदेख, मलजल तथा उर्जा प्रदान गर्ने शिक्षक समीरा बस्नेत, अञ्जना सुवेदी, लक्ष्मेश्वर मण्डल, सुजाता मास्के, गायत्री दाहाल, तारा थामी, कमला चाकुबजी, भीम बाल क्लब, सदन शिक्षक तथा विद्यार्थी, कार्यालय सहयोगीहरू सुरेश श्रेष्ठ, कल्पना थामी तथा गङ्गा श्रेष्ठ लगायत सबै धन्यवादका पात्र हुनुहुन्छ ।’


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ११:०३