सल्यानको विकट गाउँमा बर्थिङ सेन्टर निर्माण गर्दै एनआरएनए अमेरिका

कुमाख (सल्यान) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सहयोगमा सल्यान जिल्लाको दुर्गम क्षेत्र कुमाख गाउँपालिका वडा नं. १ मा पर्ने टार्केमा प्रसुती गृह (बर्थिङ सेन्टर) को निर्माण कार्य शूरु भएको छ । एनआरएनए अमेरिकाको वान एनसिसी वान च्यारिटी अन्तर्गत प्रसुती गृह (बर्थिङ सेन्टर) निर्माण गर्न लागिएको हो ।

एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा वान एनसिसी वान च्यारिटीका संयोजक कृष्णजीवी पन्थको नेतृत्वमा ईन्जिनियर, स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिसहितको टोलीले निर्माणाधीन प्रसुती गृह भवनको निरीक्षण समेत गरेको छ ।

This image has an empty alt attribute; its file name is birthing11-1024x665.jpg

निरीक्षण भ्रमणमा कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढा गिरी, मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) का वरिष्ठ सिभिल ईन्जिनियर सुधिर केसी, प्रोजेक्ट म्यानेजर सुरज दाहाल, सामुदायिक स्वास्थ्य प्रमुख पुर्ण थापालगायत अन्य स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको सहभागिता थियो ।

निरीक्षण भ्रमणको क्रममा गाउँपालिकाका अध्यक्ष दिलमाया बुढा गिरीले प्रसुती सेवाको निर्माण कार्य अगाडि बढेकोमा खुसी ब्यक्त गर्नु भयो । अध्यक्ष बुढाले प्राथमिक सेवासहितको बर्थिङ सेन्टर निर्माण सँगै हजारौले सेवा लिन सक्ने भन्दै भ्रमण निर्माणमा महत्वपूर्ण जिम्मेवारी र भूमीका निर्वाह गर्ने एनआरएन अमेरिका, जग्गादाता र एचडिसिएसप्रति धन्यवाद ब्यक्त गर्नु भयो ।

This image has an empty alt attribute; its file name is birthing-center2.jpg

एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले आफू तनहुँमा जन्मे पनि दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा आवश्यक ठानेर कर्णली प्रदेश अन्तर्गत सल्यान जिल्लाको कुमाखमा रोजेको बताउनु भयो ।

उहाँले ५ रोपनी जग्गा प्राप्त भएपछि २०७६ सालमा सम्झौता गरेर अगाडि बढे पनि कोरोनाको कारण निर्माण कार्यमा ढिलाई भएको बताउनु भयो । यसलाई सम्पन्न गर्न गाउँपालिका, चौरजहारी अस्पताल र एनआरएनए अमेरिका बीच छलफल गरेर निस्कर्षमा पुगेको जानकारी गराउँदै पन्थले एनआरएन अमेरिकाले प्रसुती गृहको निर्माणसँगै हाललाई एक जना स्वास्थ्यकर्मी उपलब्ध गराइने बताउनु भयो ।

This image has an empty alt attribute; its file name is birthings-center3-1024x683.jpg

प्रसुती गृह निर्माण हुन लागेपछि अहिले सो क्षेत्रमा बत्ती, पानी र बाटो सुविधा पुर्याइएको छ । पन्थले यसलाई पछि सम्म अगाडि बढाउँदै प्राथमिक उपचारसहितको प्रस्तुति सेवा उपलब्ध गराइने समेत बताउनु भयो ।

मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)अन्तर्गत चौरीजहारी अस्पतालका डा. कालेव बुढाले अस्पतालले रुकुम, सल्यान र जाजरकोटका विरामीलाई सेवा प्रदान गर्दै आएको बताउँदै वार्षिक ८० हजारले सेवा लिइरहेको जानकारी दिनु भयो ।

This image has an empty alt attribute; its file name is birthing-center.jpg

एनआरएनएले निर्माण गर्न लागेको ठाउँमा प्रस्तुति सेवा अत्यन्तै आवश्यक रहेको बताउँदै डा. बुढाले निर्माण कार्यमा सहयोग गर्ने एनआरएनए अमेरिकाप्रति धन्यवाद ज्ञापन गर्नु भयो । सिभिल ईन्जिनियर सुधिर केसीले बर्थिङ सेन्टरको निर्माण कार्य यथासक्य चाडो सम्पन्न हुने जानकारी दिनुभयो ।

त्यस्तै, भवन निर्माण गर्नको लागी करिब ५ रोपनी जग्गा दान गर्ने स्थानीयवासीहरु सन्तोष राना र दले रानाले प्रसुती सेवा निर्माण गर्नका लागि जग्गा दाना गरेको बताउँदै प्रसुति सेवा सञ्चालनमा आउन लागेकोमा आफूहरु निकै खुसी भएको बताउनु भयो ।


प्रकाशित | ३० कार्तिक २०७८, मंगलवार १८:३६