नाडाललाई नवौं पटक इटालियन ओपन टेनिसको उपाधि

एजेन्सी: स्पेनिस स्टार राफायल नाडालले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।आइतबार भएको फाइनलमा  विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।

रोममा नाडालले जोकोभिकलाई ६-३ र ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।यस्तै जोकोभिकले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यान ६-०, ४-६ र ६–१ को सेटमा पराजित गरे ।

योसंगै नाडालले नवौं पटक इटालियन ओपनमा कब्जा जमाउन सफल भए ।महिलातर्फको उपाधिका करोलिना प्लिस्कोभाले जितिसकेकी छिन् ।

 


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०९:३४