काठमाडौं विस्फोट अपडेट: घट्टेकुलो विस्फोटमा घाइते विप्लवका विद्यार्थी नेता

काठमाण्डौ: काठमाण्डौको घट्टेकुलोमा भएको बम विस्फोटमा घाइते मध्ये एक जना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता रहेको खुलेको छ । विस्फोटमा घाइते हुनेमा नेकपा निकटको क्रान्तिकारी विद्यार्थी संगठनको त्रिचन्द्र क्याम्पस इकाइका अध्यक्ष रवीन केसी रहेको प्रहरीले जनाएको छ । घट्टेकुलोमा रहेको लोकमञ्जरी कार्कीको घरमा विस्फोट भएको हो । घटनास्थलमा विप्लव नेतृत्वको नेकपाको पर्चा पनि भेटिएकाले विस्फोटमा नेकपाकै संलग्नताको अनुमान गरिएको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १८:५६