नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । नेकपाले टुंग्याउन बाँकी रहेको एकताको कामलाई सक्ने गरी सचिवालय बैठकमा बस्न लागिएको जनाइएको छ । बैठकले एकतासम्बन्धी बाँकी काम सकाउन शीर्ष नेताले पाएको जिम्मेवारीलाई सचिवालयले अन्तिम रुपम दिनेछ । आजको सचिवालय बैठकमा शीर्ष नेताले गरेको सहमतिलाई अन्तिम रुप दिने प्रयास गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १२:२५