राष्ट्र बैंकले जलायो पौने पाँच खर्ब पुराना नोट

काठमाडौं : नेपाल राष्ट्र बैंकले हालसम्म चार खर्ब ७६ अर्ब नौ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ। बैंकले झत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत १८ सम्म ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार ३३३ रुपैपाँ जलाइएको हो।

त्यस्तै, आर्थिक वर्ष २०७५र७५ मा ५३ अर्ब ४० करोड ५७ लाख ७० हजार ३३८ र आव २०७३र७४ मा २५ अर्ब ७५ करोड ४२ लाख १० हजार ४९५ रुपैयाँ नष्ट गरेको समाचार राजधानी दैनिकमा छ। राष्ट्र बैंकले आव २०७२र७३ मा २६ अर्ब २७ करोड ७८ लाख ४३ हजार ७०५ रुपैयाँ पुराना तथा झत्रा नोट नष्ट गरेको थियो।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार ०६:५७