राष्ट्र सेवाको काममा इमान्दारिताका साथ लागिरहने सञ्चारमन्त्री गुरुङको प्रतिवद्धता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

रत्न–धर्म स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले उच्च नैतिकता र इमादारिताका साथ काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताउनु भएको हो । मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक संघसंस्थालाई समेत आह्वान गर्नु भएको छ ।

कार्यक्रममा मन्त्री गुरुङले शैक्षिक अभियन्ता डीबी खड्काद्धारा लिखित ‘कल्पना र वेदना’ तथा ‘सपना र सृजना’ नामक कविता संग्रह तथा ‘जुुँगुुदेखि मुगुुसम्म’को अनुुभूति समेटिएको निबन्ध संग्रह विमोचन पनि गर्नु भएको छ ।


प्रकाशित | ११ पुष २०७७, शनिबार १४:०१