दोलखामा बालकृष्ण शिवाकोटीको पक्षमा उत्साहजनक जनलहर, जिल्लाबासी भन्छन्- जिताउन आत्तुर छौं

दोलखा : नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीको पक्षमा उत्साहजनक जनलहर देखिएको छ । जिल्लाका धेरै जसो क्षेत्रमा चुनावी अभियानमा पुगिसक्नु भएको शिवाकोटीको पक्षमा उत्साहजनक जनलहर देखिएको हो ।

This image has an empty alt attribute; its file name is 31-1024x683.jpg

नेकपा एमालेले नयाँ पुस्तालाई प्राथमिकता दिदैँ शिवाकोटीलाई उम्मेदवार बनाएपछि उत्साहित दोलखाबासी विभिन्न पार्टीबाट एमालेमा प्रवेशको लहरसँगै जिताउन आत्तुर देखिन्छन् । शिवाकोटीको पक्षमा एमाले नेता कार्यकर्ता मात्र नभई नेपाली कांग्रेसका होनाहार नेता कार्यकर्ता तथा माओवादी, समाजवादी र राप्रपाका कार्यकर्ता समेत लागिपरिरहेका छन् ।

This image has an empty alt attribute; its file name is 25-1024x683.jpg

दोलखामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा टिकट पाएपछि असंतुष्ट कांग्रेसका कार्यकर्ताले बाहिर नखुलेपनि भित्री रुपमा शिवाकोटीलाई मत दिने मनसाय बनाइसकेका छन् ।

This image has an empty alt attribute; its file name is 24.jpg

विशेष गरि शिवाकोटी राजनीतिक मात्र नभई सफल ब्यवसायी समेत भएको कारण शिवाकोटीको ब्यक्तीगत सम्बन्ध सबै पार्टीका नेता कार्यकर्तासँग पनि राम्रो छ । जसको कारण विपक्षी पार्टीबाट समेत शिवाकोटीले राम्रो समर्थन पाउने देखिएको छ ।

This image has an empty alt attribute; its file name is 17-2-1024x576.jpg

चुनावी अभियानको क्रममा जिरी नगरपालिका, गौरीशंकर, तामाकोशी, वैतेश्वर, शैलुङ र मेलुङ गाउँपालिकामा देखिएको जनहरले शिवाकोटीको जित सुनुश्चित भइसकेको संकेत देखिएको छ भने भिमेश्वर नगरपालिका, कालिन्चोक र विगुमा त दुई तिहाई भन्दा बढी मत आउने देखिएको छ ।

This image has an empty alt attribute; its file name is 13-1.jpg

घरदैलो र चुनावी अभियानको क्रममा देखिएको उत्साहले दोलखामा शिवाकोटी भारि मतले विजयी हुने देखिन्छ । त्यसैले यो पटक शिवाकोटीको जीत सुनीश्चीत भइसकेकाले अन्य पार्टीलाई मत दिने सोच बनाएका पनि हार्ने उम्मेदवारलाई मत नदिने भन्दै विस्तारै शिवाकोटीकै पक्षमा खुल्न थालेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । 


प्रकाशित | २४ कार्तिक २०७९, बिहीबार १६:२६