अवैध विदेशी मु्द्रासहित एक नेपाली मूलका बेल्जियम नागरिक पक्राउ

काठमाडौं : अवैध विदेशी मु्द्रासहित १ जना नेपाली मूलका बेल्जियम नागरिक पक्राउ परेका छन् । बुद्ध एयरबाट  काठमाडौ हुँदै  चितवन जान लागेका वर्ष ४४ का रामचन्द्र सुवेदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । सुवेदीको साथबाट आठ हजार यूरो भन्सार घोषणा नगरी लैजान लागेको अवस्थामा फेला पारिएको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद यूरो सहित निजलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको छ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार १८:५०