रुपक-निकिताको ‘तिमी सँधै’ सार्वजनिक

काठमाडौं : रुपक डोटेल र निकिता थापाको स्वर रहेको गीत तिमी सँधै सार्वजनिक गरिएको छ । भिडियो जिटुजी मिडियाको अफिसियल युट्युब मार्फत सार्वजनीक गरिएको हो । दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको गीतमा किरण कंडेलले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा महेश खड्का र बिपना थापालाई फिचर्ड गरिएको छ । राज खड्काले निर्देशन गरेको गीतको भिडियोमा प्रेममा एक अर्कालाई मुटु समर्पण गरेका जोडिले व्यक्त गरेको भावालाई दृश्यात्मक रुप दिइएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार ११:१९