एनआरएनए मकाउले ५० हजार सर्जीकल मास्क नेपाल पठायो

मकाउ : मकाउमा रोकिएका नेपाली आज स्वदेश फर्किएका छन् । गैर आवासीय नेपाली संघ मकाउ, नेपाली महावाणिज्यदूतावास हङकङ तथा मकाउको संयुक्त सक्रियता तथा सहयोगमा कोभिड -१९ ले लकडाउनका कारण मकाउमा रोकिएका नेपालीहरु आज स्वदेश फीर्ता भएका हुन ।

एनआरएनए मकाउका अध्यक्ष पुर्ण गुरुङका अनुसार मकाउमा रोकिएका र नेपाल फर्कनुपर्ने ७८ जनाको विवरण संकलन गरिएकोमा आज कोरोना परीक्षण र ब्यक्तीगत कारणले गर्दा ६३ जना नेपाल फर्कनु भएको छ । उनीहरु नेपाल वायू सेवा निगमको चार्टर विमानबाट हङकङ हुँदै स्वदेश फर्किएको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार मकाउबाट पानी जहाजलाई आवश्यक समन्वय गरि निशुल्क हङकङको भिसा उपलब्ध गराएर नेपाल सरकारले तोकेको हवाई शुल्क अमेरिकी डलर ५५० भएता पनि निमित्त महावाणिज्यदूत किरण गुरुङले ४५० डलरमा उद्धार गर्ने गरि पहल गर्नुभएको हो ।

उद्धार गरिएका नेपालीमा गर्भवती महिला, बिरामी र जागिरबाट छुटेका र केहि भ्रमणमा आएका रहनु भएको छ ।

५० हजार सर्जीकल मास्क पठाइयो

त्यस्तै, सोही चार्टर विमानमा ५० हजार सर्जीकल मास्क नेपाल पठाइएको छ । एनआरएनए मकाउको अनुरोधमा नेप्लिज बडी विल्डिङ एण्ड एसोसियसन मकाउका अध्यक्ष एवं गैर आवासीय नेपाली संघ मकाउका खेलकुद समिति प्रमुख तथा एसिया प्रशान्त क्षेत्रीय स्पोर्टस एकेडेमी कार्यदलका सदस्य श्रीजन बाबा भाई, बद्रर हुड एसोसियसन मकाउका अध्यक्ष बम लिम्बु र लाली गुरास एसोसियसन हङकङका संयोजक चेतन गुरुङको संयुक्त पहल तथा सक्रियतामा समन्वय गरि मिन दा कन्सटक्सन ईन्जिनियरिगं कम्पनी लिमिटेड मकाउको म्यानेजिगं डाईरेक्टर MR.Leong chiu tung बाट कोभिड नियन्त्रणको लागि आवश्यक स्वास्थ्य समाग्री सर्जीकल मास्क सहयोग स्वस्प ५० हजार थान पठाइएको हो ।

सो मास्क करिव २५ लाखको वरावरको रहेको अध्यक्ष पूर्ण गुरुङले बताउनुभयो । साथै मकाउबाट नेपाल जानेहरुलाई हेल्पिङ ह्याण्ड मकाउले स्यानिटाइजर र मास्क निशुल्क उपलब्ध गराएको थियो ।


प्रकाशित | १२ असार २०७७, शुक्रबार २१:१७