खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रधानाध्यापकहरुले सामुदायिक विद्यालयलाई नमूना बनाएर देखाउनुपर्छ : मेयर बासुदेव थापा

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धिका लागि नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका प्रधानाध्यापकहरुको लागि शनिबार आयोजित क्षमता अभिबृद्धि कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख थापाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धि गर्न जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनु भएको हो ।

सामुदायिक विद्यालयलाई देशभरका स्थानीय तहमध्येकै नमूना बनाउने र शैक्षीक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यका साथ खुल्ला प्रतिस्पर्धाबाट विज्ञ टोलीले प्रधानाध्यापक नियुक्त गरिएको बताउँदै शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीतिक गर्न नहुने मान्यताका साथ अगाडि बढेको बताउनुभयो ।

नगरपालिकाले विना भेदभाव राम्रा, सबल, सक्षम तथा योग्य ब्यक्तीलाई अगाडि बढाएर सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर अभिबृद्धि गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।

‘शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुधार गर्न जति बजेट राख्न पनि नगरपालिका तयार छ र यसका लागि नगरपालिको पूरै टिम एकढिक्का छ’, मेयर थापाले भन्नुभयो, अब सूर्यविनायकका सामुदायिक विद्यालयले नमूना बनेर देशभरका स्थानीय तहलाई सन्देश दिन सक्नुपर्छ ।’

घर बलियो हुनलाई अभिभावक बलियो र अनुसाशीत हुनुपर्छ भने जस्तै विद्यालयको गुणस्तर बृद्धि गर्न प्रधानाध्यापकको महत्वपूर्ण भूमीका हुने उहाँले ताउनुभयो ।

‘जनप्रतिनिधिले नीति नियम बनाउने हो’, मेयर थापाले भन्नुभयो, ‘ढुक्क भएर लागिपर्नुस्, सबै जनप्रतिनिधिको पूर्ण साथ र सहयोग पाउनुहुनेछ । सेवा सुविधाका साथै बेलाबेलामा तालिम, गोष्ठी पनि दिनेछौ, शैक्षीक गुणस्तर अभिबृद्धिको लागि कुनै कसर बाँकि नराख्नुहोला ।’

मेयर थापाले अब नगरपालिकाले नगरबासीलाई आयमूलक र सिपमूलक तालिम प्रदान गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न कुनै कन्जुसाई नगर्ने पनि बताउनुभयो ।


प्रकाशित | ३० बैशाख २०८०, शनिबार २१:१५