सेयर बजारमा हरियाली: ह्वात्तै बढ्यो कारोबार

काठमाडौं: साताको तेस्रो दिन आज (मंगलबार) शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से मापन गर्ने सूचक १४.१२ अंकले बढेर १३१५.४५ बिन्दुमा रोकिएको छ । त्यस्तै,मङ्गलबार १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर किनबेच भएको छ ।

१७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर १० करोड ३ करोड ७२ लाख ५८ हजार ७२९ रुपैयाँमा किनबेच भएको छ । कारोबार भएका १२ मध्ये ब्यापार समुहको उपसूचक घटेको छ भने बाँकीमा बढोत्तरी देखिएको छ । बैंकिङ १४.१४, होटल १७.५७, निर्जीबन बीमा कम्पनी १४५.८४ बिन्दुले बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा छ । नेपाल बैंकको १० करोड ७९ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र कृषि विकास बैंक रहेका छन् । शिवमको ८ करोड ४१ लाखको कारोबार भएको छ भने कृषिको ७ करोृड ८६ लाख रुपैयाँ रहेको छ ।

मंगलबारको कारोबारमा राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीका संस्थापक, शिवम् सिमेन्टका लगानीकर्ताले कमाएका छन् भने गुमाउनेमा सूर्योदय लघुवित्त, जोशी हाईड्रोपावर, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार १७:३७