काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता लिने बताउनु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थमा फर्काउन तयार भएको बताउँदै एकताको लागि आह्रवान गरेपछि नेपालले लिखित जवाफ दिर्दै संसद विघटनको प्रस्ताव र्फीता भए मात्र अदालतको रिटबाट हस्ताक्षर फिर्ता हुने बताउनु भएको हो ।
‘प्रतिनिधिसभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वशर्त राखिएको छ । उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’, विज्ञप्तिमा भनीएको छ ।




प्रकाशित | २४ जेष्ठ २०७८, सोमबार २१:१५