एनआरएनए अध्यक्ष पन्तको चियापन कार्यक्रममा सहभागिले दिए सहमतिमा अगाडि बढ्न सुझाव

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आयोजना गरेको चियापन कार्यक्रममा सहभागिले सहमतिमा अगाडि बढ्न सुझाव दिएका छन् । मंगलबार साझ एनआरएनए सचिवालयमा आयोजना गरिएको चियापन कार्यक्रममा सहभागिले सहमतिको आधारमा अगाडि बढ्न सुझाव दिएका हुन ।

कार्यक्रममा संघकी उपाध्यक्ष रविना थापा, प्रवक्ता डिबी क्षेत्री, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल, एनआरएनए अफ्रिका क्षेत्रिय संयोजक रोशन थापा,एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुगं, महासचिवका उम्मेदवार विनय अधिकारी, सचिवका उम्मेदवार गंगाधर गौतम, सहकोषाध्यक्षका उम्मेदवार नारायण सुवेदी, एनआरएनए चीनका अध्यक्ष रोहित अग्रवाल, एनआरएनए यूरोपका पूर्व क्षेत्रीय सहसंयोजक गोविन्द प्रसाद गौतम, एनआरएनए रसियाका पूर्व अध्यक्ष रामेश्वर गौतम, एनआरएनए बहराईनका पूर्व अध्यक्ष श्याम तामागं, एनआरएनए यूकेकी निवर्तमान उपाध्यक्ष रोजीना प्रधान राई र सञ्चारकर्मी हेमन्त काफ्लेलगायत एनआरएनए अग्रज तथा काडमाडौंमा उपलब्ध गैर आवासीय नेपालीहरुहको सहभागिता थियो । उनीहरुले तत्काल सहमति गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका हुन ।

सहभागिहरुको सुझाव पछि अध्यक्ष पन्तले आफू सहमतिको लागि हदैसम्मको लचकता अपनाउन तयार रहेको बताउनु भएको थियो । एनआरएनएको वर्तमान विवाद समाधानका लागि हदैसम्मको लचकता अपनाउन तयार रहेको बताउँदै उहाँले सहयोगका लागि पनि आग्रह गर्नु भएको थियो ।

अध्यक्ष पन्तले एनआरएनमा आपसी एकता र सद्भाव कायम गर्ने उद्देश्यले चियापन कार्यक्रमको आयोजना गर्नु भएको थियो । एनआरएनएमा लामो समयदेखि विवाद हुँदा पटक पटक मिति तोक्दा पनि निर्वाचन हुन सकेको छैन ।


प्रकाशित | १४ पुष २०७८, बुधबार १३:१४