चुनावी प्रतिबद्धता पूरा गर्न लागिपरेको छु : सांसद महेश बस्नेत

भक्तपुर : नेकपाका नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले निर्वाचनको समयमा जनतामाझ ब्यक्त चुनावी प्रतिबद्धता पूरा गर्न लागिपरेको बताउनुभएको छ । नेता बस्नेतलेआफुले निर्वाचनका समयमा जनतासँग गरेका गरेका प्रतिवद्धता पूरा गर्दै समग्र भक्तपुरको विकासमा लागिपरेको बताउनुभएको हो ।

भक्तपुर नगरपालिकामा रहेको खिंछे दाफा भजन खलद्वारा शनिवार आयोजित बृहत बनभोज कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरले पछिल्लो सयम विकास निर्माणमा गरेका प्रगतिप्रति सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनुभयो ।

उहाँले क्रियाशिलताको आधारमा अस्थित्व निर्माण हुने र क्रियाशिलता नभए उसको अस्थित्व समाप्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यको प्रमुख निकायसँग जति क्रियाशिलता बनायो त्यती हामी बलियो हुन्छौं, विगतमा शक्ति र पहुँच नभएका तथा विकास निर्माणमा कुनै पहुँच नभएका व्यक्ति निर्वाचित हुनु नै भक्तपुर पछि पर्यो । अब त्यस्तो दिनको समाप्त भयो ।’

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कला, संस्कृति र सम्पदाको राजधानी तथा भक्तपुरको शान भएको बताउँदै पहुँचका भरमा केही व्यक्तिहरुले सार्वजनिक जग्गालाई कव्जा गरेको र त्यसलाई आगामी दिनमा क्रमिक रुपमा कब्जा गरीएको जग्गालाई पूनः सार्वजनिक बनाउने समेत बताउनुभयो ।

उहाँले विकासमा तीनै तहको सरकारसँग सहकार्य गरी अघि बढ्ने बताउँदै आवश्यकता अनुसार संघर्ष गरेर भएपनि राज्यको स्रोत, साधनलाई भक्तपुरमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका ठूला ठूला योजनाहरु पार्न सफल भएको जानकारी गराउनुभयो । स्मार्ट सिटी, प्राणी उद्यान, आधुनीक वीर अस्पताल, अन्तर्राष्ट्रिय सभा गृह, अन्र्राष्ट्रिय रंगशाला लगायतका ठूला आयोजन भक्तपुरमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार ०९:३६