प्रधानमन्त्री ओली कम्बोडियामा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली २ दिने औपचारिक भ्रमणका क्रममा सोमबार कम्बोडिया पुग्नुभएको छ । कम्बोडिया पुग्नुभएको प्रधानमन्त्री ओलीलाई त्यहाँका वातावरण तथा सवारीमन्त्री से अल र वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका सेक्रेटरी अफ स्टेट इट सोफियाले नोन पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

कम्बोडियाका प्रधानमन्त्री साम वेद्क आक्का मोह सेना पाडेयी टेको हुन सेनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दलमा ओली धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहाकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी, सञ्चारकर्मीलगायत हुनुहुन्छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १७:०८