ट्रक र टिपर ठोक्किदा २ जनाको मृत्यु

महोत्तरी : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिका ५ माईस्थान चौकमा ट्रक र टिपर ठोक्किदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा दुवै गाडीका सहचालकको मृत्यु भएको हो । दुवै गाडीका चालकहरु भने घाईते भएका छन् । दुर्घटनामा मृत्यु भएकाको परिचय खुल्न नसकेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ११:०९