एनआरएनए हङकङले शूरु गर्‍यो ‘एक अक्सिजन सिलिण्डर दुई जीवनदान’ अभियान

हङकङ । गैर आवासीय नेपाली संघ हङकङले एक अक्सिजन सिलिण्डर दुई जीवनदान अभियान शूरु गरेको छ । संघकी अध्यक्ष राधिका (टिका ) गुरुङले एक विज्ञप्ती जारी गर्दै अभियानमा सहभागि हुन हङकङमा रहेका नेपालीहरुलाई अपिल समेत गर्नुभएको छ ।

नेपालमा कोरोनाको पहिलो लहरमा पनि संघले करिब ८ लाख बराबारको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । प्रेस विज्ञप्तीमा भनिएको छ, ‘दोस्रो लहर धेरै भयावह भएको हुँदा सम्पूर्ण हङकङबासी दाजुभाई, दिदीबहिनीहरु, विभिन्न संघसंस्थाहरु र व्यवसायीहरुको हातेमालो हुन आवश्यक छ । एक अक्सिजन सिलिण्डर दुई जीवनदान अभियानमा एनआरएनए हङकङसंग हातेमालो गरि सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।’ 

कोभिड–१९ नेपाल सहयोग कमिटी गठन

यस्तै, संघले नेपालमा कोभिड प्रभावितलाई सहयोग गर्नको लागि कोभिड–१९ नेपाल सहयोग कमिटी गठन समेत गरेको छ । जसमा संयोजक त्रिलोक गुरूङ, उप-संयोजक राधिका गुरूङ, कृष्ण पान्डे (संस्थापक अध्यक्ष), दिलीप सिंह गुरूङ (आईसीसी सदस्य ) ,डा. शार्मिला गुरूङ (भुपु आईसीसी सदस्य), ङासुराम पराजुली(आईसीसी सदस्य ) तथा सदस्यहरूमा दुर्गा बहादुर गुरूङ, (भुपु अध्यक्ष), ललित सुब्बा (निवर्तमान अध्यक्ष ),गोर्कण ढकाल महासचिव, विजय कुमार गुरूङ (प्रवक्ता ) र अनु राई (महिला संयोजक ) रहनु भएको छ ।

 

 


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार ११:३७