आज हावाहुरीसहित वर्षा र चट्याङ पर्ने संभावना

काठमाडौं:  आज हावाहुरीसहित वर्षा र चट्याङ पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका विभिन्न भागमा हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ । काठमाडौ उपत्यकामा हल्का वर्षाको सम्भावना छ भने पहाडी भेगमा चट्याङ पर्ने संभावना रहेको जनाइएको छ । त्यस्तै तराईका विभिन्न भागमा हावाहुरी आउने संभावना छ । यस्तो छ मौसम सम्बन्धी महाशाखाको पूर्वानुमान ;-

वैशाख ३० गते (सोमबार)

दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ । पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी को सम्भावना छ।

राति देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका पहाडी भूभागहरू र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ०८:०६