पेट्रोलियम पाइपलाइन परियोजना : साढे ६ हजार रुख कटान

काठमाडौं: भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको छ । पाइपलाइन बिछ्याउने कार्यमा बाधा बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख आयाल निगमको कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको उपस्थितिमा चैत ४ गतेदेखि काट्न सुरु गरिएको थियो ।

निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रहेका ६ हजार पाँच सय ६३ वटा रुख काट्ने काम सकिएको आयोजनाका अधिकारीले जानकारी र्दिका छन् । ती रुखलाई टुक्रा गरी सुरक्षित स्थामा राख्ने र जरा हटाउने कार्य अन्तिम चरणमा पुगेको मोहिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना प्रमुख प्रदिप यादवले बताए । यो समाचार उपेन्द्र यादवले नागरिकमा लेखेका छन्


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ०७:५०