थप चारवटा ब्रुमर भित्र्याउँदै काठमाडौँ महानगर

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘बु्रमर’ भित्र्याउने भएको छ । महानगरले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अगाडि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार नगर कार्यपालिकाको ३२ औँ बैठकमा यसबारे प्रस्ताव गरिएको छ । यसअघि मनपाले पाँचवटा ब्रुमर खरिद गरेको थियो । अहिले पनि त्यही कम्पनीमार्फत अन्य ब्रुमर खरिद गर्ने प्रक्रिया अगाडि बढाउन लागेको मनपाले जनाएको छ ।

यसअघि कम्पनीसँग भएको सम्झौताअनुसार मनपालाई थप ब्रुमर आवश्यक परे त्यसबापत लाग्ने कुल रकममध्ये ५० प्रतिशत रकम बुझाउनुपर्ने हुन्छ


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ०७:२७