सोनाक्षीलाई हतकडी !

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो समय कानुनी लफडामा फसेकी छिन् । सोनाक्षीमाथि धोका दिएको आरोप लागेको छ । हाल सोनाक्षीको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा सोनाक्षीका हातमा हतकडी देखिन्छ । भिडियोसँगै सामाजिक सञ्जालमा ह्यासट्याग असली सोनाक्षी पक्राउ ट्रेन्डिङमा छ ।

सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘मैले केही पनि गलत गरेकी छैन । मलाई गिरफ्तार गर्न सक्नुहुन्न ।’ भिडियोमा उनको हातमा हतकडी लगाइएको छ । यस भिडियो विरल भयानीले सामाजिक सञ्जालमा सेयर गरेका छन् । सोनाक्षीलाई के कारणले गिरफ्तार गरियो, आधिकारिक जानकारी आइसकेको छैन । यो समाचार आजको नयाँ पत्रीकामा छ ।

भिडियोको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न सक्छ । सन् २०१८ मा ३७ लाख भारु लिएर पनि कार्यक्रममा सहभागी नभएर धोका दिएको आरोपमा सोनाक्षीविरुद्ध मुद्दा दर्ता भएको वेला भिडियो आएको छ । त्यसैले भिडियो भाइरल भएको धेरैको अनुमान छ ।


प्रकाशित | २३ श्रावण २०७६, बिहीबार ०९:१५