सत्यमोहन जोशी १०० वर्षमा, जोशीलाई बग्गीमा राखेर घुमाइने

काठमाडौं: शताब्दी पुरुष सत्यमोहन जोशी १०० वर्षमा’ प्रवेश गर्नभएको छ । आज एक सयौं जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गर्दैछ । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी जावलाखेल हुँदै पुल्चोक पुर्याउने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान साढे ११ बजे र्याली शुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम रहेको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ०७:१६