प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षी दलको भूमिका निर्वाह गछौं: शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनु भएको छ । संसदमा विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले विश्वासको मत दिए पनि सरकारमा भने सहभागी नहुने र प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

देउवाले विपक्षमा रहँदा कांग्रेसले विरोधका लागि विरोध नगर्ने  बताउनुभयो । उहाँले सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने र संसदमा सशक्त विपक्ष नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक विपक्षीको भूमिकामा रहने बताउनुभयो ।


प्रकाशित | २६ पुष २०७९, मंगलवार १४:१३