काठमाडौं: वैदेशिक रोजगार लेखापढी कानुन ब्यबसायी संघको अध्यक्षमा खड्ग प्रसाद शिवाकोटी चयन हुनु भएको छ । संघको काठमाडौको ताहाचलमा सम्पन्न प्रथम साधारण सभाले शिवाकोटीको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।
अध्यक्षमा चयन भएपनि बोल्नुहुँदै शिवाकोटीले वैदेशिक रोजगारीमा दैनिक २ हजार हाराहारीमा युवाहरु विदेशीनु परिरहेको बताउँदै वैदेशिक रोजगारीको सिलसिलामा अलपत्र पर्ने, ठगीने, बिचौलियाको फन्दामा पर्ने, तलब सेवा सुबिधा नदिने, ललाई फकाई गरि मानव बेचबिखन गर्ने ,यावत् समस्याको कानुनी सहायता प्रदान गर्न लागिपर्ने बताउनुभयो ।
कार्यक्रम वैदेशिक रोजगार तथा आप्रवासी विभागका प्रमुख प्रकाश रसाइली (स्नेही) को प्रमुख आतीथ्यतमा सम्पन्न भएको हो ।
प्रकाशित | १६ भाद्र २०८१, आईतवार २०:३६