सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा सिरुटारको धन्सारमा पुनः निर्माण गरिएको बालकुमारी मन्दिरको उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नंं १ स्थित धन्सारमा पुन: निर्माण गरिएको बालकुमारी मन्दिरको उद्घाटन गरिएको छ ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले मंगलबार आयोजित एक कार्यक्रमका बीच पुनः निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नुभयो । भूकम्पले क्षति भई जीर्ण भएको मन्दिर सूर्यविनायक नगरपालिकाको २० लाख र स्थानीयको सहयोगमा पुनः निर्माणका गरिएको हो ।

सो असरमा बोल्नुहुँदै नगर प्रमुख थापाले धेरै पुरानो मन्दिर जीर्ण भएकाले नगरपालिकाबाट २० लाख सहयोग र थप स्थानीयको सहयोगमा पुनः निर्माण गरिएको बताउनुभयो ।

नगर प्रमुख थापाले लोकसंस्कृति र पहिचानलाई जोगाउन तथा धर्म सस्कतिको संरक्षण तथ सम्बद्र्धनको लागि कार्य गरिरहेको बताउनुभयो । मेयर थापाले कला संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्नेमा जोड समेत दिनुभयो ।

नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले जात्रा र पर्वले आत्मियताको भाव झल्काउने र एक अर्कामा सम्बन्ध विस्तार गर्ने बताउनुहुँदै सिरुटारको आफ्नै छुट्टै पहिचान रहेको बताउनुभयो ।

वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थले विकास निर्माणसँगै धर्म संस्कृति जर्गेना गर्न नगरपालिकाले धेरै काम गरिरहेको बताउनुभयो ।

लु निभा धिमे खलका अध्यक्ष रवि सुन्दर श्रेष्ठको सभातीत्वमा सम्पन्न कार्यक्रममा धिमे गुरु अमृत साय श्रेष्ठ, स्थानीय राजेन्द्र कुमार श्रेष्ठलगायतले बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन खलका सचिव राजेश श्रेष्ठले गर्नु भएको थियो ।


प्रकाशित | ४ भाद्र २०८१, मंगलवार २१:०३