सुनको भाउमा फेरि नयाँ रेकर्ड, विवाहको सिजनमा पनि गरगहना भने बिक्री नभएको व्यवसायीको भनाइ

काठमाण्डौ : सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ रहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार र सोमबार सुनको भाउ तोलाको ९१ हजार तीन सय रुपैयाँ रहेकोमा हिजो एक सय रुपैयाँ घटेको थियो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै छ । विवाहको सिजनमा पनि गरगहना बिक्री नभएको व्यवसायीको भनाइ छ ।


प्रकाशित | १७ असार २०७७, बुधबार १२:१६