डाँछी-भद्रबास खानेपानी आयोजनाको काम ६० प्रतिशत भन्दा बढी सम्पन्न, निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्ने मेयर कार्कीको भनाइ (भिडियो रिपोर्ट)

काठमाडौं:  कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ३, ४ र ५ का वडाबासीलाई खानेपानीको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालीत डांछी भद्रबास बृहत्त खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ । विशेष गरि नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ जनप्रतिधि आएपछि नगरबासीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ वृहत्त खानेपानी आयोजना संचालन भइरहेका छन् ।

मेयर उपेन्द्र कार्कीले एक वर्ष अघि ६ सय घनमिटर ओभरहेड पानी ट्याकीको शिलान्यास गरेर शूरु भएको आयोजनाको हालसम्म भौतीक तर्फ ५२ दशमलव ४२ प्रतिशत र वित्तीय तर्फ ४८ दशमलव ४४ प्रतिशत प्रगती भएको छ ।

आयोजना तीब्र गतिमा अगाडि बढिरहेको र तेकिएको अवधिभित्रै निर्माण सम्पन्न गरेर उपभोक्ताहरुलाई खानेपानी वितरण गरिने नगर प्रमुख कार्कीले बताउनुभयो ।

आयोजनामा ३ वटा डिप बोरीङबाट पानी निकालेर ट्याङ्कीमा खसाल्ने र सोही पानी वितरण गरिनेछ । करिब ६० करोडको लागतमा संचालीत आयोजनाको लागि एसीयाली विकास बैकको ७० प्रतिशत र बाँकि कागेश्वरी मनोहरा नगरपालिका र स्थानीय उपभोक्ताको सहयोग रहेको छ ।

हाईटेक, डिजीटल प्रणालीबाट सञ्चालीत खानेपानी आयोजना कार्यान्वयनसँगै अबको ३० वर्षसम्म जनसंख्या थपिदा पनि खानेपानीको विस्तार गर्ने क्षमतामा पुग्ने विश्वास लिइएको छ । आयोजनाबाट करिब ३ हजार घरधुरी लाभान्वित हुनेछन् ।

नगरपालिकाका अनुसार नगरबासीलाई स्वच्छ खानेपानी वितरण गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्षमा मात्र ३ दशमलव १५ किलोमिटर खानेपानी पाईप लाईन विस्तार गर्ने कार्य गरिएको छ ।


प्रकाशित | २६ असार २०८१, मंगलवार १६:४६