सेयर बजारमा सामान्य सुधार

काठमाडौं: साताको पहिलो दिन आज ( आइतबार ) सेयर बजारमा सामान्य सुधार आएको छ । पछिल्लो समय शेयर बजारमा निरासा छाइरहेको बेला आइतबार भने नेप्से मापन गर्ने सूचक ३.०७ अंकले बढेर १२९५.०३ बिन्दुमा रोकिएको छ । आज १७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता सेयर ८४ करोड ८१ लाख ३९ हजार ३२६ रुपैैयाँमा किनबेच भएको छ ।

दश वटा उपसमूहको कारोबारमा होटल, १००.२४, वित्त ०.४१, निर्जीबन बीमा ७६.०४, उत्पादन तथा प्रशोधन ९८.७९ अंकले बढेका छन् । कारोबार रकमका आधारमा सानिमा बैंकको संस्थापक सेयर अग्रस्थानमा छ । सानिामाको १६ करोड ४५ लाख ८१ हजार ६८२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः सगरमाथा इन्स्योरेन्स,शिवम् सिमेन्ट रहेका छन् ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १७:४५