वित्तीय समानीकरण अनुदान कटौती नगर्न माग गर्दै उपत्यका मेयर्स फोरमले गरायो प्रधानमन्त्रीको ध्यानर्कषण

काठमाडौं । उपत्यका मेयर्स फोरमले वित्तीय समानीकरण अनुदान कटौती नगर्न माग गदैृ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानर्कषण गराएको छ । टोलीले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गर्दै समानीकरण अनुदान नकाट्ने माग गरेको हो ।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनको नेतृत्वमा गएको प्रमुख तथा उपप्रमुखहरूको टोलीले स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप गर्न नहुने, स्मार्ट सिटीको विषयलाई तत्काल निश्कर्षमा पुर्याउनुपर्ने, फोहोर व्यवस्थापनमा संघीय सरकारले समन्वय गर्नुपर्ने लगायत विषयमा ध्यानर्कषण गराएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले वित्तीय समानीकरण अनुदान कटौती नहुने र स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँदै फोरमले राखेका विषयलाई गम्भिर रुपमा लिदैं सम्बोधन गरिने बताउनुभयो ।

टोलीमा उपत्यका मेयर्स फोरमका अध्यक्ष महर्जन सहित सचिव घनश्याम गिरी, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायत मेयर तथा उपमेयरहरु सहभागि हुनुहुन्थ्यो ।


प्रकाशित | २५ जेष्ठ २०८१, शुक्रबार २०:३०