‘विज्ञ सम्मेलन पछिका एनआरएनएका हरेक बैठक विदेशी ज्ञान तथा अनुभव बाँड्ने कार्यमा उद्दत छन्’

भवन भट्ट, एनआरएनए. अध्यक्ष

एनआरएनए अभियान के कसरी अगाडि बढिरहेको छ ?

हामी हाम्रा सबै महत्वपूर्ण योजनाहरु सकाउने चरणमा छौ । एनआरएनएको सपना हेडक्वार्टर, शंश्खमूल पार्क, तथा लाप्राक नमूना बस्ती सबै सफलतापूर्वक सम्पन्न गरेर हामी अब नयाँ चरणमा प्रबेश गर्ने तयारीमा छौं । लाप्राक अहिले लगभग काम सकिएको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ । हामीले बिज्ञ सम्मेलनमार्फत एनआरएनएको ज्ञान तथा अनुभव बाँड्ने परम्परा सुरु गरेका छौं । यसबाट एाआरएनए र सरकार नेपालको विकासमा संगै हातेमालो गरेर अगाडि बढ्दै छ भन्ने सन्देश पनि दिएका छौं । साथै, नेपाल सरकार तथा जनतालाई आवस्यक परेको कुनै पनि बेला विभिन्न प्रकारले नेपाल बाहिरका नेपालीले सहयोग गर्न तयार छन् भन्ने सन्देश पनि दिन सफल भएका छौं ।

यहाँले आफ्नो कार्यकालमा उल्लेखनिय कामहरु के–के गर्नुभयो ?

लाप्राक नमुना बस्तीको काम सकेर हस्तान्तरण हुँदैछ । शंश्खमूल पार्क हस्तान्तरण भइसकेको छ । त्यस्तै, एनआरएनएको आफनै भवन पनि सरिएको छ । हालै लगानी सम्मेलनमा हामीले १० अर्बको कोषको सम्झौता गरिसकेका छौं । विज्ञ सम्मेलन गर्ने परम्परा सुरु गरेका छौं । साथै, यसपटकदेखि राष्ट्रिय खेलकूदमा एनआरएनएको टोलीले पनि भाग लिन थालेको छ । यी केहि महत्वपूर्ण काम भए त्यसबाहेक पनि थुप्रै कामहरु भएका छन् ।

एनआरएनए केन्द्रले तेर्सो ओशिनिया सम्मेलनलाई कतिको महत्वका साथ कसरी हेरेको छ ?

गैर आवासीय नेपाली संघको ओसेनिया क्षेत्रीय सम्मेलन शनिबार सिड्नीमा शूरु भएको छ । कानुन मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीलगायत करिब दुई सय बिदेशी प्रतिनिधिको सहभागिता रहेको छ । यस सम्मेलनका लागि ‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ नारा तय गरिएको छ । ‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ भन्ने विषयमा केन्द्रित हुने सम्मेलनमा विज्ञहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि ब्यापक बौद्धिक तथा ब्यबहारिक बहस हुनेछ । कार्यक्रममा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्नु हुनेछ । सम्मेलनका निष्कर्षहरू नेपालको विकास निमार्णका लागि निकै उपयोगी हुनेछ । सम्मेलनमा न्युजिल्याण्ड, भानुवातुलगायतका देशबाट पनि हाम्र साथीहरु आउनु भएको छ । अस्ट्रेलियालगायत न्युजिल्याण्ड, पपुवान्युगिनी, भानुवातु लगायत देश ओशिनिया क्षेत्रमा पर्छन् । अतिथि देबो भवः र एकै हात सबै साथ भन्ने एनआरएनको मुल नारालाई बोकेर यसपटक क्षेत्रीय सम्मेलनमा भ्रमण वर्ष २०२० लाई सफल बनाउन यस क्षेत्रले खेल्नुपर्ने भूमिकाको विषयमा समेत चर्चा हुनेछ । सम्मेलनको पहिलो दिन शनिबार बिहानदेखि बेलुकासम्म लगानी, पर्यटन प्रर्वधन अनि बिदेशमा सिकेको सिप र ज्ञानलाई नेपालको विकासमा कसरी लान सकिन्छ भन्ने बिषयमा छलफल हुनेछ । दोस्रो दिन कार्यक्रमको समापन र सिड्नी घोषणापत्र सार्वजनिक हुनेछ । समग्रमा सममेलन उपलब्धिमूलक हुने अपेक्षा छ ।

अझै पनि एनआरएनएलाई धनीको मात्रै सस्था भन्ने गरिन्छ यहाँको कार्यकालमा यहाले ओशिनियामा रहेका नेपाली बिधार्थीको लागि के–के गर्नुभयो ?

जब जब कुनै पनि देशमा नेपालीलाई समस्या पर्दछ, त्यस देशमा रहेका नेपालीहरु मिलेर समस्या समाधान गर्ने हामी एनआरएनको संस्कार हो । त्यसैले हामी आसेनिया क्षेत्रमा पनि हामी हाम्रा विद्यार्थी तथा अन्यको हकमा उनीहरुका लागीस् के कसरी सहयोग गर्न सकिन्छ, त्यसमा लागी नै रहेका छौं, लागी रहन्छौं । म आफै जापानमा विद्यार्थी भएर अनि आफनो काम पनि गरेर यहाँसम्म आइ पुगेकोले विद्याथीहरु प्रति मेरो भावनात्मक रुपमा सम्बन्ध छ । त्यसैले मैले एनआरएन जेनरेसन नेक्स्ट भन्दछु । त्यो भनेको एनआरएनको भविष्य हो । उनीहरुलार्य कसरी जोड्ने र उनीहरुको साथ र सहयोगले युवा एनआरएन कसरी बनाउने भन्ने बारेमा म चिन्तित पनि छु ।

एनआरएनको ड्रिम प्रोजेक्ट लाप्राक प्रोजेक्टको कार्य प्रगति के कस्तो भइरहेको छ ?

अहिले लगभग लगभग काम सकिसकेको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ । हाम्रो लक्ष्य चाँडै नै सम्पुर्ण लाभग्रहीहरुलाई घर हस्तान्तरण गर्नेछ । तर त्यहाँ मौसम अनि एकदम विकटता जस्ता कारणले यो संभव भएन । जस्तै काठमाण्डौमा ८०० को सिमेन्ट त्यहाँ पुग्दा १६०० देखि २०००सम्म पुग्छ । काठमाण्डौमा एक ट्रयाक्टर बालुवा ४००० मा पाइन्छ भने त्यहाँ १०,००० देखि १२,००० पर्छ, सुन भन्दा महङ्गो छ । त्यस्तै काम गर्ने मान्छे पाउन पनि मुश्किल । तर, हामीलाई नेपाली सेनाहरुले सघाएका छन् र अरु भोलेन्टरहरुले पनि सघाएका छन् । जसका कारणले गर्दा खेरी हामी चाँडै नै लाभग्राहीहरुलाई घर हस्तान्तरण गर्ने प्रयासमा छौं ।

एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने भनिएको छ नि त्यो नारामा मात्रै सिमित हो कि ?

धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, ५ वर्ष अघि नेपाल आर्थिक पत्रकार समाजले ९ जिल्लामा गरेको अध्यायनले करिब ३० अर्बको लगानी देखाएको थियो । हाद नयाँ अध्यायन हुदै छ । तर पनि सस्ृर्ती तथ्यांक हेर्दा करिब ३२ अर्ब त सम्झौता भएका जलविद्युतमा नै आउने देखिन्छ । त्यसमध्येपनि १२ अर्ब त लगानी नै भइसक्यो । त्यस्तै, होटेलमा करिब २२ अर्ब लगानी भइरहेको छ । यस्तै क्षेत्रगतरुपमा हेर्दा कुल अर्थतन्त्रको ५ प्रतिशतको हाराहारीमा अर्थात १ खर्ब बढि एनआरएनको नेपालमा लगानी देखिन्छ । साथै, विदेशमा सिकेका सीप लिएर धेरै साथीहरु नेपालमा हाल आफनै ब्यवासाय गरिरहन्ु भएको छ । यस्तै, एनआरएनको विद्धतालाई सकरारले कदर गरेर १५ औं योजनाको आधारपत्रमा पनि छलफल गरेको थियो । त्यसमा हाम्रा साथीहरुले सुझाव दिनु भएको छ ।

एनआरएनले यसअघि नै नेपालमा १० अर्ब लगानी भित्र्याउने घोषणा गरेको छ, त्यो लगानी नेपालमा कसरी भित्र्याउने भनिएको हो ?

हालै लगानी सम्मेलनमा हामीले १० अर्बको कोषको सम्झौता गरिसकेका छौं । यसलाई सामुहिक लगानी संयन्त्र बनाउने सोच हो । यस होल्डिङ कम्पनी मार्फत ब्यवसायिक समुहले लगानी गर्नेछन् । जसमा सबै चाहना भएका एनआरएनले १००० देखि १००,००० सम्म प्रति महिना लगानी गर्नसक्ने छन् । यसले सबैमा सामुहिक लगानीको भावना पनि बढ्छ तथा सबैको ओनरसिप पनि हुन्छ । त्यसको मोडालिटिमा काम भइरहेको छ । छिट्टै हामी त्यसलाई फाइनल टच दिएर बाहिर ल्याउँछों ।

एनआरएनले नेपालमा अक्टोवरमा विज्ञ सम्मेलन सम्पन्न गर्यो यस्ले प्रवासमा बस्ने नेपालीलाई के फाईदा पुर्यायो त ?

एनआरएनका साथीहरु जुन जुन देशमा हुनुहुन्छ, त्याहाँ आफनो योग्यता तथा दक्षताको आधारमा अनुभवको आधारमा धेरै कुरा नेपालमा सेयर गर्न सक्नु हून्छ । त्यसैले हामीले अक्टोबरमा गरेको सम्मेलनामा साथीहरुले आफनो सिप तथा ज्ञान अनुभव हस्तान्तरण गर्नुभयो । त्यसको लेखोटमा उतारेर हामीले सरकारलाई पनि बुझाएका छौं । यसरी नेपाल बहिरका मुलकसंग कसरी सहयोग बढाउने तथा लगानी बढाउने भन्ने काम एनआरएनका साथीहरुले सरकारसंग मिलेर गर्दा नेपालको विकास तथा प्रगतिमा हातेमालो गर्न पाउँदा हामीलायृ गर्व हुन्छ । किनकि हामी जहाँ बसे पनि आखिर नेपाली नै हो र नेपालको विकास हुँदा नेृपाल समृद्ध हुँदा हाम्रो पनि सम्माना बढ्छ । विदेसिले हामीलाई हेर्ने नजर नै फरक हुन्छ ।

यहाँ अहिले एनआरएनए अध्यक्षमा एक कार्यकाल समाप्तिको नजिक हुनुहुन्छ अब यहाँको गन्तब्य कहाँ हुन्छ ?

त्यो त समयले नै बताउँछ । तर म एनआरएनएको अभियानको शुरुवाती देखी नै संलग्न भएको तथा एनआरएन स्थापना भएका सबै देश पुगेर सबै साथीहरुसंग परिचित भएको नाताले यही ने हुन्छु । एनआरएनए समुदाय मेरो घर परिवार नै जस्तो लाग्छ मलाई । किनकि म नै म नै यस्तो व्यक्ति हुँला जो एनसीसीको शुरुवाती सदस्यदेखि अध्यक्ष हुदै केन्द्रको कोषाध्यक्ष हुदै दोश्रो कार्यकालको उपाध्यक्ष भएर हाल अध्यक्ष भएको हुँ । त्यसैले मेरो जीवन एनआरएन कै हितका लागि हुनेछ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १४:३४