चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शिव प्रसाद हुमेगाइँ

भक्तपुर: चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शिव प्रसाद हुमेगाइँ आउनु भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतमा लामो समयदेखि प्रशासन क्षेत्रमा काम गरिसक्नु भएको अनुभवी हुमेगाइँ आउनु भएको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत हुमागाईसँग स्थानीय तहमा काम गरेको लामो छ । यसअघि उहाँले काभ्रेको बनेपा, पाँचखाल र उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समालीसक्नु भएको छ ।

त्यस्ते, हुमागाईले जिल्ला समन्वय समिति उदयपुर, अछाम र सिन्धुलीमा समेत प्रमुख भएर कुशलतापूर्वक जिम्मेवारी समालीसक्नु भएको छ । साथै सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय, उद्योग, वाािण्जय तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काम गरेको लामो अनुभव छ ।


प्रकाशित | २७ बैशाख २०८१, बिहीबार २०:२८