कांग्रेस भक्तपुर क्षेत्र नंं १ को क्षेत्रीय र प्रदेश कार्यालय कमलविनायकमा, सांसद थापाद्धारा उद्घाटन

भक्तपुर: नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्वर १ को क्षेत्रीय कार्यालय र प्रदेश कार्यालयको स्थानान्तर गरिएको छ । सोमबार एक समारोहका बीच नेपाली काँग्रेस भक्तपुर सभापति एवं भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ थापाले उद्घाटन गर्नु भयो । भक्तपुरको कमल बिनायकमा स्थानान्तर गरिएको कार्यालय सो क्षेत्र कै बिचमा परेका कारण कार्यकर्ताहरुलाई आफ्ना गुनासा र समस्या पार्टी पंङ्तीलाई सुनाउन र संगठनका गतिबिधिहरू अगाडि बढाउन निकै सजिलो हुने भन्दै नेता कार्यकर्ताले खुसी ब्यक्त गरेका छन् ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि थापाले सेन्टरमा राखिएको क्षेत्रले विकासका गतिबिधि बढाउने देखि जनताका बास्तावीक समस्या र गर्नु पर्ने विकासका कामको सहि पहिचान गर्ने मौका मिल्ने बताउनुभयो ।

‘यसले विकासका गतिबिधि त बढाउँछ नै संगठन मजबुत बनाउन पनि ठुलो भुमिका खेल्छ’, सांसद थापाले भन्नुभयो, ‘संगठन बिना विकास सम्भव छैन्, जनताको समस्या सही/गलत छुट्याउने भनेकै संगठनले हो। त्यसैले फेसबुकमा कमेन्ट लेख्ने, पार्टीले गर्ने कार्यक्रम र सांगठनीक गतिबिधीमा सरिक नहुनेको पार्टीले कुरा सुन्दैन र त्यस्ता गैर जिम्मेवार बनेर हिड्नेलाई कुनै स्थान पनि हुँदैन ।’

देशमा अहिलेसम्मको परिबर्तन ल्याउने कांग्रेस आज त्यस्तै गैर जिम्मेवार कार्यकर्ताका कारण बदनाम भएको भन्दै सांसद थापाले हिजो जन्मेका नयाँ पार्टीको नेतृत्व गर्ने रवी जस्ता ब्यक्तीहरुले जनतालाई गुमराहमा राख्ने कार्य गरेको र सहकारी ठगी जस्ता काण्डमा मुछिएको भन्दै इतीहास बोकेको, जनताको मुक्तिका लागि लडेका नेता कार्यकर्ताले उनीहरुकै लहलहैमा स्वार्थ लुट्न नपाएका आफ्नै पार्टी भित्रका नेता कार्यकर्ताले गर्ने गरेको बिरोधले आफु आश्चर्यमा पर्ने गरेको बताउनुभयो ।

‘स्वार्थका लागि र कमाउन कांग्रेसमा लागेको भए अरू पार्टीमा गए हुन्छ भन्दै त्यस्तालाई कारवाही गर्ने चेतावनी समेत उहाँले दिनु भयो । पार्टीले गरेका राम्रा कामको तारिफ र नराम्रा कामको अलोचना गर्ने परिपाटीको विकास गर्न पनि उहाँले सबै नेता कार्यकतालाई आग्रह गर्नुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘ब्यक्तीगत फाईदा हुँदा पार्टी ठिक र नभए बेठिक भन्ने आधारमा बिरोधका पछाडि म छैन, आउनुस ंञ् क्षेत्र ,जिल्ला तपाईहरूको सहि कुरामा साथ दिन्छ र गुनासोहरू छलफल गरेर अगाडि बढाउन तयार छ ।’

सभाको सभापतित्व गर्नु भएको क्षेत्रीय सभापती समेत रहनु भएको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले आफूले नेता, कार्यकर्ताहरुको गुनासो सधै सुन्ने गरेको स्पष्ट पार्नुभयो ।

‘मैले पार्टी र विशेष गरि आम जनतालाई केन्द्रमा राखेर गुनासोहरू सधै सुन्ने गरेको छु र चित्त नबुझेका कुरामा बहस गर्न तयार छु । पसल र चौबाटोमा बसेर पार्टी र नेताहरूलाई गाली नगरौ, हामीले पार्टी नेतृत्व पंङ्तिलाई जहिले पनि सम्मान गरेका छौ, कार्यक्रममा बोलाएका छौ, संगठन बिस्तारमा छलफल गरौ भनेका छौ । आज पनि नियमित कार्यक्रमहरू सूचारु गर्न र संगठनलाई ताजकी गर्न निमन्त्रणा गरिएको छ’, मेयर खत्रीले भन्नुभयो ।

उहाँले प्रतिक्रयावादीले लगाएका भए/नभएका आरोपलाई चिर्नुपर्नेमा जोड समेत दिनुभयो । पार्टीका नेता तथा कार्यकर्ताहरु एक भएर लागेमा त्यस्ता प्रतिक्रियाबादीहरु आफै परास्त हुने मेयर खत्रीको भनाई छ ।

उहाँले थप्दै भन्नुभयो, ‘भोलीका दिनमा पनि नगर, प्रदेश र संघको निर्बाचनमा समेत जित्न सक्छौ, सामूहिक रूपमा अगाडि बढौ, तेरो/मेरो नभनी हाम्रो र हामी भनी अगाडि बढौ ।’ साथै उहाँले आरोप-प्रत्यारोपमा नलागी अगाडि बढ्न र भातृसंगठनका साथीहरूलाई सहयोग गर्न आफु तयार रहेको बताउदै पार्टी हाम्रो हो भनेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

जिल्ला सभापति एवं सासद दुर्लभ थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गंगा अवाल, प्रदेश सासद सुरेश श्रेष्ठ, कांग्रेस बागमती प्रदेश सदस्य सुमन कार्की, रूपा थापा, क्षेत्र नम्वर २ का क्षेत्रीय सभापती भेष बहादुर कार्की, पूर्व मन्त्री रजनी जोन्छे, चाँगु नगर समितीका सभापति शिवहरी केसी, जिल्ला सचिव शुशिल बस्नेत लगायतका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जयन्द्र खडकाले गर्नु भएको थियो भने उद्घोषण समुन्द्र थापाले गर्नु भएको थियो ।


प्रकाशित | १० बैशाख २०८१, सोमबार २०:५०